२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

१ करोड ४० लाख जनसंख्याले २० प्रतिशत युनिट विद्युत निःशुल्क पाउन्छन् : ऊर्जामन्त्री भुसाल

१ करोड ४० लाख जनसंख्याले २० प्रतिशत युनिट विद्युत निःशुल्क पाउन्छन् : ऊर्जामन्त्री भुसाल
अ अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले २० युनिट विद्युत खपत गर्ने नागरिकले निःशुल्क विद्युत उपलब्ध गराउने सरकारको निर्णय ढेड महिना भित्र कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गराएको उल्लेख गर्दै करिव डेढ महिना कार्यान्वयनमा ल्याईछाडने प्रतिवद्धता जनाउनु भएको हो । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि विद्युत प्राधिकरणसँग आफूहरुले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको उल्लेख गर्दै अव विद्युत नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने पनि स्पष्ट पार्नु भयो ।

मन्त्री भुसालले भन्नु भयो, ‘२० युनिटसम्म विद्युत बाल्ने कति छन ? भनेर आफूले सम्बन्धित निकायसँग रेकर्ड मागे । त्यो चाँही अहिले विद्युत प्राधिकरणमा २३ लाख र अन्य निजी क्षेत्रमा साँढे ५ लाख घर परिवार रहेछन । उनीहरुलाई २० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउन मैले नेपाल विद्युत प्राधिकरणको सामाजिक उत्तरदायित्व फण्डबाट व्यवस्थापन हुने गरी निर्णय गराएको छु । प्रतिघर परिवारको सरदर ५ जना सदस्यको दरले करिव १ करोड ४० लाख जनसंख्यालाई २० प्रतिशत युनिट विद्युत निःशुल्क उपलब्ध गराउने निर्णय गराएको छु । त्यो विद्युत नियमन आयोगले निर्णय गरेपछि करिव डेढ महिना भित्र कार्यान्वयनमा आउँछ ।’ 

मन्त्री भुसालले गरिवी र अभावमा रहेका नागरिकलाई सहयोग गर्ने काममा सबैलाई साथ दिन पनि आग्रह गर्नु भयो । उहाँले गरिवी र अभावमा रहेका जनताको जीवनस्तर नउठेका कारण नेता र राजनीतिक दलहरु आलोचनाको पात्र बन्न पुगेको पनि पटकपटक दोहोर्याउनु भयो ।