• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरमा छुट ★   निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री ★   के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो? ★   स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल ★   एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना ★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री ★   बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन

च्याम्पियन्स लिगः बायर्न, लिभरपुल र स्पोर्टिङ विजयी



एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा जर्मन महारथी बायर्न म्युनिखले जित निकालेको छ ।

मंगलबार मध्यरातमा सम्पन्न खेलमा बायर्नले क्याटलान क्लब बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो ।

म्युनिखको मैदान एलियान्ज अरिनामा भएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

दोस्रो हाफको सुरुवातमा चार मिनेटको अन्तरमा बायर्नले दुई गोल गरेको हो । ५० औं मिनेटमा लुकास हर्नान्डेजले र ५४ औं मिनेटमा लेरोई सानेले गोल गर्दै बायर्नलाई जित दिलाए ।

खेलमा पकड जमाएको बार्सिलोनाले पटक–पटक गोल गर्ने अवसर प्राप्त गरेपनि त्यस अवसरलाई सदुपयोग गर्न सकेन ।

जितसँगै समूह ‘सी’ मा बायर्न लगातार दोस्रो जित निकाल्दै ६ अंकसहित शीर्षस्थानमा छ । बार्सिलोना भने ३ अंक सहित दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले चेक क्लब भिक्टोरिया प्लेजनलाई पराजित गर्दै ३ अंक जोडेको छ ।

स्पोर्टिङले टोटेनहमलाई हरायो


च्याम्पियन्स लिग फुटबल अन्तर्गत पोर्चुगीज क्लब स्पोर्टिङ सीपीले जित निकालेको छ ।

गएराति भएको समूह चरणको खेलमा स्पोर्टिङले इंग्लिस क्लब टोटेनहमलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा स्पोर्टिङलाई जित दिलाउन खेलको ९० औं मिनेटमा पाउलिन्होले र ९०(३ मिनेटमा अर्थरले गोल गरे ।

लगातार दोस्रो जित निकाल्दै स्पोर्टिङ समूह ‘डी’मा पहिलो स्थानमा रहेको छ । टोटेनहम भने ३ अंकसहित दोस्रो स्थानमा छ ।

लिभरपुलले आयाक्सलाई हरायो


च्याम्पिन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा इंग्लिस क्लब लिभरपुलले संघर्षपूर्ण जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा डच क्लब आयाक्सलाई २–१ गोलले पराजित गरेको हो ।

खेलको १७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८९ औं मिनेटमा जोएल माटिपले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

जितसँगै समूह ‘ए’ मा रहेको लिभरपुलले ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । समान अंकसहित आयाक्स तेस्रो स्थानमा रहेको छ ।