२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

सीमित व्यक्तिको घेराबन्दीमा फुटबल संघ

सीमित व्यक्तिको घेराबन्दीमा फुटबल संघ
अ अ+ अ-

काठमाडौ ।  उज्बेकिस्तानको तासकन्दमा आयोजना हुने महिलाहरूको एएफसी छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेको छ ।  यस टोली प्रशिक्षण शिविरमा रहे देखि नै अनेकौँ विवादहरू देखा परे । पहिलो विवाद प्रशिक्षण टोलीमा रहेको छ । गेरी फीलीप्स मुख्य प्रशिक्षक रहेको सो टोलीको असिस्टेन्टमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ समेत रहेकी छिन् ।

मुख्य प्रशिक्षक एउटा टोलीको सहायक प्रशिक्षक हुने कुरा कानुनी आधारमा गलत नठहरिएला तर, नैतिक रूपमा विवादास्पद मानिएको छ । त्यसो त अरुणा विगतमा फुटबल सङ्घमा रेफ्रिको रूपमा तथा राष्ट्रिय खेलकुद परिषद्मा प्रशिक्षकको रूपमा तलब लीने गरेको कारण आलोचित हुने गरेकी थिइन् । मुख्य प्रशिक्षक भए पनि उनी यस अघि  प्रशिक्षणमा सक्रिय नाम भने होइन ।

महिलाको रूपमा भगवती थापा र अरुणा रहे पनि सक्रिय र फुटबलको कोर्समा अब्बल भएकी भगवती रानालाई बेवास्ता गर्नुलाई अर्थ पूर्ण मानिएको छ । त्यसो त मेनेजर पेमा डोल्मा लामा यस अघि पोखरामा भएको प्रशिक्षणको दौरान काठमाडौँमा नै समय बिताएको कारण आलोचित रहेकी थिइन् । यस पटक पनि महिला राष्ट्रिय टोलीमा डोल्मा लामाको निरन्तरता रहनु अर्थपूर्ण रहेको छ । 
त्यसो त महिला टोलीको हकमा मात्र पुरुष राष्ट्रिय टोलीको हकमा पनि यसै खाले घटना नभएका होइनन् । बालहरी सिंहको रूपमा अखिल नेपाल फुटबल सङ्घ(एन्फामा) बाल गोपाल महर्जन, हरि खड्का र उपेन्द्र मान सिंहको समन्वयको चर्चा हुन्छ । बाल गोपाल राष्ट्रिय टोलीको प्रशिक्षक रहेकै समयमा उनलाई एनएसएल लिगको सिफारिस गरेका कारण विवादित बनेको एन्फामा मधुसूदन उपाध्यायको उपस्थित र प्रभावलाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन् । 

एलएसएलको दौरान बाल गोपाल प्रशिक्षकको रूपमा रहेको काठमाडौँ रेजर्समा मधुसूदन आबद्ध थिए । एन्फामा चतुर खेलाडी मानिने मधुसूदन कुनै समय एमालेका कार्यकर्ता थिए । अवसरको पछि लाग्ने उनी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग नजिक मानिन्थे । कुनै समय नेपाल ओलम्पिक कमिटीको निर्वाचन हुँदा एन्फाका तत्कालीन महासचिव धिरेन्द्र प्रधानलाई प्रतिनिधि बनाउने देखि ओलम्पिक कमिटीमा समाहित गराउने कुरामा मधुसूदन पनि त्यसै कित्तामा सक्रिय थिए । 

पूर्व अध्यक्ष गणेश थापाको कार्यकाल पछि नरेन्द्र श्रेष्ठलाई साथ दिएका उनले तत्कालीन एमालेको भातृ सङ्गठन नेपाल खेलकुद महासङ्घको प्रतिनिधित्व गर्ने मोहम्मद समिउल्लाह सहितको टोली र एन्फाको संस्थापन पक्षका बिचमा समन्वय गराउन पनि लागी परेका थिए । एन्फाको निर्वाचनमा नरेन्द्र  उम्मेदवार नभए पछि श्रेष्ठको सरल प्रकृतिकै कारण मनोमानी गर्नेहरू बिच्किएको चर्चा सो समयमा पनि चलेको थियो । हालका महासचिव इन्द्र मान तुलाधर सहितको एउटा समूह कर्मा छिरिङ शेर्पासँग सहकार्य गर्न तयार भएको थियो । 

हाल राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको बिचमा एउटा समन्वय रहेको छ । यो समन्वयमा पनि मधुसूदनकै भूमिका रहेको छ । उनले यसका लागि राजनीतिक शक्तिको पनि प्रयोग  गरेका छन् ।  यी सबै बापत पुराना फुटबल कर्मी कृष्णभक्त मानन्धरलाई प्रतिस्थापन गर्दै उनी लगातार मेनेजर हुन सफल भएका छन् । अहिले फुटबल सङ्घलाई नजिकबाट हेर्नेहरू भन्छन्, “ प्रशिक्षणमा बाल गोपाल, हरि र उपेन्द्र तथा व्यवस्थापनमा मधुसूदनकै भूमिका हो । ” फुटबललाई भित्रबाट सञ्चालन गर्ने र निश्चित व्यक्तिले निरन्तर लाभ लिने क्रममा अन्य थुप्रै नाम र अनुहार रहेका छन् ।