२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट कलाकार शम्भुराज थापा ‘बखते’ को निधन



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणबाट कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थापाको आजराती ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि  सङ्क्रमण पुष्टि भएपछि १९ दिन अघि थापा अस्पताल भर्ना हुनुभएको थियो । 

थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ सहित पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै थिए ।

उनले थुप्रै सिरियल, विज्ञापन, चलचित्रमा समेत अभिनय गर्नुभएको छ । उहाँको परिवारमा सवै कोरोना संक्रमित छन् । 

उहाँको श्रीमती, एक छोरा र एक छोरी छन् । उहाँको आजै आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।