• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक ★   त्रिवि मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टोली (फोटोफिचर) ★   प्रचण्ड गर्मीकाबीच भारतमा दोस्रो चरणको मतदान सुरु ★   समीरको ‘पैसाको उडान’ बजारमा ★   जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छः सांसद इन्दिरादेवी गौतम  ★   उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने ★   २८ सहसचिवको सरुवा (सूचीसहित) ★   विकराल बन्दै डढेलो ★   बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँः प्रधानमन्त्री ★   नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर

काभ्रेमा अमेरिकी दूतावासको ‘बुक बस’ कार्यक्रम



काभ्रेपलाञ्चोक । यहाँका पाँच विद्यालयमा अमेरिकन दूतावासको सहयोगमा ‘बुक बस’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

कार्यक्रम अवधिभर बुक बसले ती विद्यालयमा स्थानीय भाषा, कला, विज्ञान–प्रविधिबारे विविध कार्यशाला तथा किताब पठनपाठन आयोजना गरेको छ । कार्यक्रम सामुदायिक तथा निजी विद्यालयमा यही भदौ १९ देखिदेखि आगामी असोज छ गतेसम्म सञ्चालन गरिएको हो । काभ्रेपलाञ्चोकको बनेपास्थित हिमालय माध्यमिक विद्यालय, समता शिक्षा निकेतन, विद्या सागर स्कुल, आजाद मावि र चैतन्य माविमा बुक बस कार्यक्रम सुरु गरिएको छ ।

उक्त कार्यक्रमअन्तर्गत शैक्षिक तथा सांस्कृतिक कार्यक्रमको आयोजनासमेत हुने संयोजक साम्भवी श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार बुक बसले विद्यालयमा ‘स्टीम’, ‘सिभिल राइटस् एण्ड लिबरटीज’, पुस्तक पठन र कथा वाचनजस्ता कार्यक्रम सञ्चालन भइरहेको छ । एक विद्यालयमा दुईदेखि चार दिनसम्म कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएका छन् ।

उक्त कार्यक्रम सतोरी सेन्टर फर द आर्टस्मार्फत श्रेष्ठ र रुवीना प्रधानले संयोजन गर्दै आउनुभएको छ । बुक बसले विद्यार्थी तथा समुदायमा पठनपाठनको अभिरुचि वृद्धि गर्ने, सिर्जनात्मक सोचाइको विकास गर्ने र विद्यार्थीलाई अर्थपूर्ण तथा स्मरणीय शिक्षा प्रदान गर्ने अवसरको सृजना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुस्तक पठन र कथा वाचनअन्तर्गत विद्यार्थीसँग छलफल गरी कथामा आधारित सिर्जनात्मक क्रियाकलाप गर्न प्रोत्साहन गर्दै आएका छौँ ।” कार्यक्रमका लागि बसलाई नै पुस्तकालय व्यवस्थापन गरिएको छ ।

हाल कार्यक्रम सञ्चालित विद्यासागर स्कुलका प्रिन्सिपल हिरा शर्माले बुक बस कार्यक्रम विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका लागि बहुउपयोगी भएको बताउनुभयो । “मिडिया साक्षरता र जलवायु परिवर्तन कार्यशालामा विद्यार्थीको समाचार तथा सामाजिक सञ्जालमा पाइने जानकारी बुझ्ने र विश्लेषण गर्ने क्षमता विकास गरिएको छ, यो विद्यार्थीमा सामाजिकीकरणका लागि निकै उपयोगी मानियो”, उहाँले भन्नुभयो ।

विद्यासागर स्कुल र आजाद उच्च माविमा मझुवा बगर जनकला मञ्च नाटक समूहद्वारा जलवायु परिवर्तन र वातावरणकाबारे लोक नाटक मञ्चन गरिएको छ । त्यस्तै ‘सिभिल राइटस् एण्ड लिबरटीज्’ विधामा विद्यार्थीसँग नागरिक अधिकार, स्वतन्त्रता, असमानता, निष्पक्षता र न्यायका अवधारणाबारे छलफल गरिने संयोजक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्टिम कार्यशालामा विद्यार्थीलाई परिचयात्मकरुपमा वैज्ञानिक प्रक्रियाको प्रयोग गरी सोच्न र ज्ञान प्राप्त गर्न प्रोत्साहन गरिनेछ ।