२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन



अ+ अ-

काठमाडौं । माल्दिभ्समा हुन गइरहेको १३ औँ साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघले माल्दिभ्समा हुने प्रतियोगिताको तालिका संशोधन गरेको हो । 

संशोधित तालिका अनुसार अक्टोबर १ देखि १६ तारिख अर्थात असोज १५ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । 

नेपालको पहिलो खेल असोज १५ गते आयोजक देश माल्दिभ्ससँग हुनेछ । यस्तै श्रीलंकासँग असोज १८ गते, भारतसँग २४ गते र बंगलादेशसँग असोज २७ गते खेल्नेछ ।

प्रतियोगितामा पाकिस्तान र भुटान भने सहभागी नहुने भएका छन् । 

पाँच टोलीमध्ये शीर्ष दुईमा रहने टोलीले फाइनलमा प्रतिष्पर्धा गर्न पाउनेछ ।