२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्वारा चीनका लागि नयाँ राजदूत नियुक्त



अ+ अ-

एजेन्सी । अमेरिकाको नयाँ सरकारले चीनका लागि नयाँ राजदूत नियुक्त गरेको छ । 

राष्ट्रपति जो बाइडेनले निकोलास बुर्नसलाई चीनका लागि राजदूतको जिम्मेवारी दिनुभएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शुक्रबार जनाएको छ । 

अहिले ६५ वर्ष हुनुभएका निकोलास हावर्ड विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्वन्ध विषयका प्राध्यापक हुनुुहन्छ । उहाँलाई अमेरिकाको वरिष्ठ कुटनीतिज्ञका रुपमा पनि चिनिन्छ । 

उहाँले यसअघि कुटनीतिक सरकारी अधिकारीको रुपमा झण्डै २७ वर्ष सेवा गर्नु भएको थियो । सरकारको वर्गिकरणमा उहाँ विदेश मन्त्रालयको तेस्रो उच्च तहमा हुनुहुन्थ्यो । 

निकोलस सन् २००१ देखि २००५ सम्ममा नेटोका लागि राजदूत हुनुभएको थियो । त्योभन्दा अगाडि ग्रिसका लागि राजदूत हुनुभएको थियो भने विदेश मन्त्रालयको प्रवक्तासमेत हुनुभएको थियो । 

त्यसैगरी जर्ज एचडब्लु बुस र विल क्लिन्टन राष्ट्रपति भएका बेला राष्ट्रपति कार्यालयको राष्ट्रिय सुरक्षा परिषद्समेतमा उहाँले काम गर्नु भएको थियो ।