२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्वारा चीनका लागि नयाँ राजदूत नियुक्त



अ+ अ-

एजेन्सी । अमेरिकाको नयाँ सरकारले चीनका लागि नयाँ राजदूत नियुक्त गरेको छ । 

राष्ट्रपति जो बाइडेनले निकोलास बुर्नसलाई चीनका लागि राजदूतको जिम्मेवारी दिनुभएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शुक्रबार जनाएको छ । 

अहिले ६५ वर्ष हुनुभएका निकोलास हावर्ड विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्वन्ध विषयका प्राध्यापक हुनुुहन्छ । उहाँलाई अमेरिकाको वरिष्ठ कुटनीतिज्ञका रुपमा पनि चिनिन्छ । 

उहाँले यसअघि कुटनीतिक सरकारी अधिकारीको रुपमा झण्डै २७ वर्ष सेवा गर्नु भएको थियो । सरकारको वर्गिकरणमा उहाँ विदेश मन्त्रालयको तेस्रो उच्च तहमा हुनुहुन्थ्यो । 

निकोलस सन् २००१ देखि २००५ सम्ममा नेटोका लागि राजदूत हुनुभएको थियो । त्योभन्दा अगाडि ग्रिसका लागि राजदूत हुनुभएको थियो भने विदेश मन्त्रालयको प्रवक्तासमेत हुनुभएको थियो । 

त्यसैगरी जर्ज एचडब्लु बुस र विल क्लिन्टन राष्ट्रपति भएका बेला राष्ट्रपति कार्यालयको राष्ट्रिय सुरक्षा परिषद्समेतमा उहाँले काम गर्नु भएको थियो ।