२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१७ च्याम्पियनसिपः श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा



अ+ अ-

काठमाडौं । नेपाल श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक–एक गोल गरे ।

अब नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

पहिलो सेमिफाइनलमा बंगलादेशलाई २–१ ले हराएर भारत फाइनलमा प्रवेश गरिसकेको छ ।