२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

दुई सय वर्ष पुरोना राधा कृष्ण मन्दिरको पुनर्निर्माणपछि उद्घाटन

दुई सय वर्ष पुरोना राधा कृष्ण मन्दिरको पुनर्निर्माणपछि उद्घाटन
अ अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिका‐४ दधिकोटस्थित तर्खगालमा रहेको दुई सय वर्ष पुरानो राधाकृष्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

पुनर्निर्माण प्राधिकरणको रु ४८ लाख ६२ हजार एक सय ७० को लागतमा पुरातत्व विभाग तथा दरबार हेरचार कार्यालय भक्तपुरले पुनर्निर्माण सम्पन्न गरेको उक्त मन्दिरको आज भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभयो । 

सो अवसरमा उहाँले सूर्यविनायक नगरपालिका क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहँदा यस्तो ऐतिहासिक एवं पुर्खादेखिको सम्पदाले पुनर्जीवन पाउँदा पर्यटकलाई थप आकर्षित पार्ने बताउनुभयो । उहाँले भक्तपुरमा महाभूकम्पले ढालेका र जीर्ण बनाएका अधिकांश मठमन्दिर, सम्पदा र सत्तलहरु छिटो पुनर्निर्माण गर्न आफूले चालेको अभियान तथा पहलले सार्थकता पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूकम्पले ढालेका अधिकांश मठमन्दिर, पाटी, सत्तल, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक संस्थाका भवनहरुले पुनर्जीवन पाएका छन्, त्यसका लागि मैले सरकार र पुनर्निर्माण प्राधिकरणसँग गरेको पटकपटकको प्रयासले सार्थकता पाएको छ ।” उहाँले सूर्यविनायक नगरपालिका क्षेत्र आफैँमा सुन्दर र पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएकाले सरकारले यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै यहाँको विकासले कोल्टे फेरेसँगै सबैको आकर्षण बनेको बताउनुभयो । 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यस नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरेको बताउँदै शिव सर्किटलाई पूर्णता दिन नगरपालिका लागिरहेको छ भन्नुभयो । सङ्घ, प्रदेश र नगरपालिकाको बजेटले सूर्यविनायक नगरपालिका क्षेत्रको विकासले चार वर्षमै फड्को मारेको उहाँले बताउनुभयो । 

वडा नं ४ का वडाध्यक्ष उत्तम थापा तथा ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा लगायतले सूर्यविनायकको विकासमा भएको प्रगतिका बारेमा चर्चा गर्नुभयो । 

राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष जयराज न्यौपानेले दुई सय वर्षअगाडि मन्दिर बनेको शिलालेख भेटिएको यस मन्दिरको पुनर्निर्माणमा स्थानीयवासीले पनि सहयोग पु¥याएको बताउनुभयो । 

समितिका सदस्य एवं कार्यक्रम संयोजक गोपी न्यौपानेले मन्दिरको पुनर्निर्माणमा स्थानीयवासीबाट रु आठ लाख ६५ हजार सङ्कलन भई मन्दिरमा तामाको मुठल, शिरबन्दी, घण्टा, ढलौटको राधाकृष्णको मूर्ति, गणेशको मूर्ति, पित्तलको छानोसहितको रथ, बहुमुखी धारो, मन्दिर वरिपरि दियो, झल्लर, मन्दिरमा बार लगायतको संरचना निर्माण गरेको बताउनुभयो ।