२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक

मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक
अ अ+ अ-

काठमाडौँ । प्रकाशकुमार श्रेष्ठ अर्थात् मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ । तिब्बतीयन शरणार्थीका पीडालाई विषयवस्तु बनाएर लेखिएको उपन्यास आज यहाँ आयोजित कार्यक्रममा इतिहास एवं संस्कृतिका अन्वेषक डा रमेश ढुङ्गेल, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुदीप पाठक, पूर्वस्वास्थ्य सचिव डा सुधा शर्मा र लेखकले सार्वजनिक गर्नुभएको हो ।

पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै अन्वेषक ढुङ्गेलले राष्ट्रविहीन हुनुपर्दाका अप्ठ्यारा पुस्तकमा समेटिएको बताउनुभयो । संस्कृति र सामाजिक अवस्थाका कारण प्रेमी–प्रमिकाबीचको वियोगलाई पनि उपन्यासमा प्रस्तुत गरिएको उहाँले सुनाउनुभयो । बौद्ध दर्शनभित्रको शान्तिलाई पनि उपन्यासमा देखाउन खोजिएको छ ।

मानवअधिकारकर्मी पाठकले ३५ वर्षअघि नेपाल मानवअधिकार सङ्गठनमा काम गर्दा ऋषिकेश शाहले तिब्बतीयन शरणार्थीका विषयमा हेर्न भनेदेखि आफूले यसलाई नजिकबाट हेरिरहेको बताउनुभयो । नेपालमा तिब्बतीयन र भुटानी शरणार्थी विधिवतरूपमा बसेको उल्लेख गर्नुहुँदै उहाँले तिनका समस्या बाहिर ल्याउन उपन्यास सफल रहेको बताउनुभयो ।

पूर्वस्वास्थ्य सचिव शर्माले लेखक पुरुष भए पनि महिला शरणार्थीका भावना उपन्यासमार्फत अभिव्यक्त भएको बताउनुभयो । लेखक केशरीले जन्मभूमि तनहुँको शरणार्थी शिविरमा देखेका घटनाले आफूलाई यस विषयमा कलम चलाउने प्रेरणा मिलेको सुनाउनुभयो ।

“उपन्यासमा कति मेरा भोगाइ, कति नजिकका साथीभाइका भोगाइ जसलाई अनुमति लिएर वास्तविक नाममै उतारेको छु, कति विषय कल्पनाका पनि छन्”, उहाँले भन्नुभयो । नेपालमा शरणार्थी जीवन भोग्न बाध्य तिब्बतीयन युवती कारचुङका माध्यमबाट उहाँले त्यस जीवनका बारेमा पाठकलाई जानकारी दिन यो उपन्यास लेखेको बताउनुभयो । ‘दुङाल’ तिब्बतीयन शब्द हो । जसको अर्थ दुःख भन्ने हुन्छ । उपन्यासमा शरणार्थीका कथाव्यथालाई शब्दका माध्यमबाट उनिएको छ । खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेटिएको छ ।

लेखकका हालसम्म चारवटा कृति प्रकाशित छन् । पहिलो उपन्यास ‘पुरुत्थान’ विसं २०७२ भदौमा प्रकाशित भएको थियो । विसं २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुरुत्थान’ पाठकले मन पराएपछि छ वर्षको बीचमा उहाँका तीनवटा उपन्यास प्रकाशित भएका हुन् ।

लेखकको दोस्रो उपन्यास ‘सुवर्णलता’ हो । ‘सुवर्णलता’ मा आमाबाबुबाट छुट्टिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्कनुभएको छ । उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ ।

विद्यालय जीवनमा साथीभाइका प्रेमपत्र लेख्दै उहाँ साहित्य क्षेत्रमा प्रवेश गर्नुभएको हो । विद्यालय जीवनमा लेखिएको प्रेमपत्रले लेखनमा रुचि जाग्दै जान थालेपछि उहाँले विसं २०५८ मा कविता सङ्ग्रह ‘मिरमिरे’ निकाल्नुभयो । त्यसो त उहाँ कक्षा ५ मा पढ्दा विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा आमा देवीकुमारी श्रेष्ठले लेख्नुभएको कविता वाचन गरेर पहिलो स्थान हासिल गर्न सफल हुनुभएको थियो । सानैदेखि कविता, कथाजस्ता विधामा रुचि राख्नुहुने उहाँलाई युवा अवस्थामा उपन्यास लेख्न सहकर्मीले प्रेरणापुञ्जका रूपमा काम गरेकाले सफल भएको बताउनुहुन्छ ।