२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम

कांग्रेसमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छानौँ : नेता सिंह

कांग्रेसमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छानौँ : नेता सिंह
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले १४औँ महाधिवेशनमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभएको छ । कांग्रेस चन्द्रागिरि नगर समितिद्वारा आज यहाँ आयोजित एकदिने कार्यशाला गोष्ठीमा उहाँले कांग्रेसलाई भरपर्दो र बलियो पार्टी बनाउन वडा  तहदेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभयो ।

“विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका व्यक्तिलाई संस्थागतरूपमा नभई व्यक्ति विशेषले क्रियाशील सदस्यता सिफारिस गर्दा पार्टी लथालिङ्ग अवस्थामा पुग्यो”, उहाँले भन्नुभयो । महाधिवेशन नजिकिँदै गर्दा पार्टी क्रियाशील सदस्यता टुङ्ग्याउन नसक्नु दुःखद् भएको उहाँको भनाइ थियो ।

पूर्वमहामन्त्री सिंहले विधि र नियमभन्दा पार्टी बेग्लै अवस्थामा अगाडि बढ्दा अप्ठ्याारो अवस्थामा पुगेको बताउनुभयो । विधि र नियम पु¥याएकालाई क्रियाशील सदस्यता दिनुपर्ने नेता सिंहको भनाइ थियो ।

उहाँले सिंह परिवार त्याग गर्नका लागि मात्र नजन्मिएको भन्दै पार्टीभित्र गरेको सङ्घर्ष र योगदानका आधारमा आगामी महाधिवेशनमा आफू पार्टी सभापति लड्ने स्पष्ट पार्नुभयो । पार्टी १४औँ महाधिवेशनमा पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउन सकिएन भने कांग्रेस प्रजापरिषद् बन्ने उहाँको भनाइ थियो ।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले कांग्रेसलाई बलियो बनाउनका लागि गाउँदेखि नै सङ्गठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । कांग्रेसका नेता एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीभित्रको गुटउपगुटको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।