• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

डेङ्गु देखिएपछि सावित्राले श्रीलङ्का विरुद्धको खेल गुमाउने



file photo

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले महिला साफ च्याम्पियसिपअन्तर्गत आज हुने श्रीलङ्काविरुद्धको खेल गुमाउने भएकी छिन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि श्रीलङ्काविरुद्धको खेल गुमाउने निश्चित भएको हो । सावित्रालाई डेङ्गु देखिएपछि आजको खेलमा विश्राम लिने अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता सुरेश साहले बताउनुभयो । सावित्रासँगै गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेङ्गु देखिएको छ । उहाँहरुको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ ।

यसअघि राष्ट्रिय फुटबल टोलीका सदस्य मन्जलीकुमारी योन्जनलाई पनि डेङ्गु सङ्कमण भएको थियो । नेपालले श्रीलङ्कासँग आज साँझ ५ः३० बजे खेल्दैछ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

नेपाल दोस्रो जितको खोजीमा छ । यसअघि नेपालले आफनो पहिलो खेलमा भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । त्यति बेलाको खेलमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् भने अनिता बस्नेतले पनि समान दुई गोल नै गरेकी थिइन् ।

समूह बी मा रहेको नेपालले एक खेलमा शीर्ष तीन अङ्क जोडेको छ । नेपालले श्रीलङ्कालाई पराजित गरेमा समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

समान एक खेल खेलको श्रीलङ्का अङ्कविहीन छ । यसअघि भएको खेलमा श्रीलङ्का भुटानसँग पराजित भएको थियो ।