४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गु देखिएपछि सावित्राले श्रीलङ्का विरुद्धको खेल गुमाउने



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले महिला साफ च्याम्पियसिपअन्तर्गत आज हुने श्रीलङ्काविरुद्धको खेल गुमाउने भएकी छिन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि श्रीलङ्काविरुद्धको खेल गुमाउने निश्चित भएको हो । सावित्रालाई डेङ्गु देखिएपछि आजको खेलमा विश्राम लिने अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता सुरेश साहले बताउनुभयो । सावित्रासँगै गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेङ्गु देखिएको छ । उहाँहरुको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ ।

यसअघि राष्ट्रिय फुटबल टोलीका सदस्य मन्जलीकुमारी योन्जनलाई पनि डेङ्गु सङ्कमण भएको थियो । नेपालले श्रीलङ्कासँग आज साँझ ५ः३० बजे खेल्दैछ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

नेपाल दोस्रो जितको खोजीमा छ । यसअघि नेपालले आफनो पहिलो खेलमा भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । त्यति बेलाको खेलमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् भने अनिता बस्नेतले पनि समान दुई गोल नै गरेकी थिइन् ।

समूह बी मा रहेको नेपालले एक खेलमा शीर्ष तीन अङ्क जोडेको छ । नेपालले श्रीलङ्कालाई पराजित गरेमा समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

समान एक खेल खेलको श्रीलङ्का अङ्कविहीन छ । यसअघि भएको खेलमा श्रीलङ्का भुटानसँग पराजित भएको थियो ।