२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

प्रधानमन्त्री देउवाद्वारा ज्यापु समाजको ज्येष्ठ नागरिक भवन उद्घाटन

प्रधानमन्त्री देउवाद्वारा ज्यापु समाजको ज्येष्ठ नागरिक भवन उद्घाटन
अ अ+ अ-

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ललितपुर महानगरपालिका–४ बागडोलमा नवनिर्मित ज्यापु समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन गर्नुभएको छ । 

उहाँले वृद्धावस्थामा कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस् भन्दै यदि त्यस्तो स्थिति आएमा ज्येष्ठ नागरिकहरूलाई उचित सुविधाको व्यवस्था गर्न सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “ज्येष्ठ नागरिकहरूलाई राज्यले सम्मान गर्छ । उहाँहरूको सम्मानका लागि राज्यका तर्फबाट गर्नुपर्ने अन्य सहयोगका लागि सरकार प्रतिबद्ध छ ।”

तीन वटै तहका सरकार, स्थानीयवासी एवं समाजसेवीसहित मित्रराष्ट्र भारतको सहयोगले ज्येष्ठ नागरिक लागि निर्माण भएको सुविधासम्पन्न भवन सञ्चालनमा पनि सरकारले सघाउने उहाँले दृढता व्यक्त गर्नुभयो । 

गृहमन्त्री बालकृष्ण खाँणले ज्येष्ठ नागरिकको सुरक्षाका लागि भवन निर्माण हुँदा मुलुकका धेरै मानिसलाई ऊर्जा प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस भवनमा परिवारविहीन भएर रहन परेका आमाबुवालाई कसरी स्याहारसुसार एवं सम्मान गर्ने भनेर सदैव ध्यान दिन अनुरोध गर्दछु ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पवित्र उद्देश्यका साथ वृद्धवृद्धाको सेवामा सुविधायुक्त आश्रयस्थल निर्माण गरी ज्यापु समाजले राष्ट्रिय भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी तीन वटै तहका सरकार मिलेर यसमा आवश्यक वस्तुको व्यवस्था गर्नुपर्नेछ ।”

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जीवित इतिहासका धरोहर ज्येष्ठ नागरिकले भवनबाट राम्रो सुविधा पाउने अपेक्षाका साथ प्रदेशले भवन निर्माणमा रु दुई करोड ९१ लाख सहयोग गरेको जानकारी गराउनुभयो ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उमेर ढल्केर साहराविहीन भएका नागरिकलाई छिमेकी मुलुकका तर्फबाट ज्येष्ठ नागरिक भवन निर्माणमा रु पाँच करोड सहयोग गर्न पाउँदा निकै भाग्यमानी महसुस भएको बताउनुभयो । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजको भवन र सोमा बस्ने मानिसको व्यवस्थापन गर्न आर्थिक चुनौती रहँदा सबैले सहयोग गर्ने अपेक्षा लिएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विसं २०६९ फागुन ४ गते शिलान्यास गरेको यस भवन आठ दशमलव पाँच रेक्टर स्केलको भूकम्प आउँदा पनि नभत्किने तवरले निर्माण गरेका छाँै ।”

समाज यलका अध्यक्ष चन्द्र महर्जनले धेरै समाजसेवीको सहयोगमा भवन निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसै वडा निवासी स्व अष्टमान महर्जनले दान गर्नुभएको एक रोपनी १३ आना जग्गासहित रु ५० लाखमा हामीलाई रु पौने १४ करोड थप गरी चारतारे होटल तवरको सुविधासम्पन्न आधुनिक घर निर्माण प्रेरणा मिल्यो ।” समाजका उपाध्यक्ष सन्तमान महर्जनले मानवको वृद्धावस्था अति नै कष्टकर हुने हुँदा सोको कल्याणका लागि भवन निर्माण गरेको बताउनुभयो ।

उक्त अवसरमा जग्गा दान गर्ने महर्जनको शालिकसमेत प्रधानमन्त्री देउवाले अनावरण गर्नुका साथै भवन निर्माणमा रकम तथा जग्गादान गर्ने महर्जनका पत्नी नुछेंमाया तथा छोरा किरण महर्जन अनि मुख्यमन्त्री शाक्य, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसाल, बागमती प्रदेशका मुख्यमन्त्री शाक्य, महानगपालिकाका प्रमुख महर्जन, भारतीय राजदूत क्वात्रालगायत दातालाई प्रधानमन्त्री देउवाले दोसल्लासहित सम्मान गर्नुभयो ।