२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

चाडपर्वभित्रको ज्ञान र जनैभित्रको विज्ञान

चाडपर्वभित्रको ज्ञान र जनैभित्रको विज्ञान
अ अ+ अ-

नेपालीका चाड र हिन्दूधर्मका पर्व दैनिकजस्तै आउँछन् । एकादशी हुन् वा संक्रान्ती, पूर्णिमा हुन् वा सोमबारको व्रत हरेक पक्ष, तिथि, वारहरु पर्व नै बोकेर आउँछन्, चाडवाडकै उत्सव लिएर झुल्कन्छन् । यिनीहरुको सम्बन्ध पूजापाठ, भोजभतेर, रमितासँग भन्दा अध्यात्म, शान्ति, सद्भाव, इतिहास, परम्परासँग अधिक गाँसिएको हुन्छ । यसले मानसिक, शारीरिक र सामाजिक रुपमा मानिसलाई प्रबल बनाइरहेको हुन्छ ।

चाडपर्वले जीवनलाई सहज, सम्बन्धलाई सबल, धर्म र संस्कृतिलाई प्रतिफलमुखी बनाउँछ । चाडपर्वले इष्टदेवीदेवताको पूजा–उपासना, प्रार्थना, दानसहित असल कार्यमा प्रवृत्त, एकतामा आबद्ध, संस्कृतिमा प्रतिबद्ध, चिन्तनमा ध्यानबद्ध, व्यवहारमा क्रमबद्ध रूपमा जिउने कला प्रदान गर्दछ । ‘परं वनुते÷वृणुतेति पर्व’ अर्थात् टाढा–टाढा बसेकालाई भेट्ने, नजिक ल्याउने अवसरलाई पर्व भनिन्छ ।

तिथि, मिति र घटनाविशेषका आधारमा पर्वको जन्म हुन्छ र मनाउने विधिको निर्धारण हुन्छ । बिस्केटजात्रा होस् कि भोटेजात्रा, रथयात्रा होस् कि लाखेजात्रा सबैले मौलिकपन र परम्परामात्र धानेका छैनन् इतिहासको पनि संरक्षण गरेका छन् । भेटघाट गर्ने, सुख–दुःख आदानप्रदान गर्ने एवं देव, पितृ, अग्रजलाई स्मरण गर्ने, कृतज्ञ बन्ने दिवसको नाम चाडपर्व हो । चाडपर्वले मानिसको भौतिक दुरीमात्र होइन आत्मीय दुरी पनि घटाउँछ, पुर्खाहरूको इतिहासलाई संझाउँछ, संयुक्त परिवारको आनन्द दिलाउँछ ।

चाडपर्वलाई बुझेर मनाउँदासम्म हाम्रा कुनै हजुरबुबाले वृद्धाश्रम जानुपरेन, कुनै नातिले बालगृहमा बसेर बाल्यकाललाई खेर फाल्नुपरेन, छोराले आत्महत्या र छोरी–बुहारीले गर्भपतन गर्नुपरेन, कुनै पनि सासुससुराले एक्लो जीवन बिताउनुपरेन । मानिसअनुसार भिन्न मति र गति हुन्छ जसलाई चाडपर्वले जोड्छ । 

चाडपर्वसँग राष्ट्रको अस्मिता जोडिएको हुन्छ, धर्मको जरा गाँसिएको हुन्छ, संस्कारको फूल फक्रिएको हुन्छ, सामाजिक एकता मौलाएको हुन्छ । कर्तव्यकी आमा, संस्कारकी जननी, धर्मकी मा, पहिचानकी मातालाई चाडपर्व भनिन्छ । चाडपर्व रमाइलोका लागि होइन जीवनका लागि, पहिचान र अस्तित्वको लागि पनि मनाइन्छ । हाम्रा चाडपर्व धेरै छन्, ओझिला छन् तर बोझिला छैनन् । यसले ऋण बोकाउँदैन बाटो देखाउँछ, खर्च बढाउँदैन इतिहास बताउँछ, क्षति गर्दैन परम्पराको अक्षुण्णतालाई सुरक्षित गराउँछ ।

हिन्दूका चाडपर्वहरू मोज, भोज, बोझभन्दा साधना, उपासना, चिन्तन, मननमा केन्द्रित छन् । देवीदेउरालीको पूजा होस् कि नाग र सिंमेभूमेको पूजा होस्, यसले समाज र संस्कृतिलाई जोड्छ । प्रत्येक पर्वका आफ्नै गरिमा, महिमा, उपलब्धि, लक्ष्य र विशेषता छन् । चाडपर्वले जोड्छ, नजिक बनाउँछ, अपनत्वको अनुभूति दिलाउँछ । बुबा र छोराछोरीबीच बिग्रिएका सम्बन्ध बुबाखुवाउने (कुसे)औँशीदेखि सुध्रिन्छन्, आमा र सन्तानबीचको सम्बन्ध आमाखुवाउने औँसीदेखि प्रगाढ बन्दछ, दिदीबहिनी र दाजुभाइबीचको वैमनस्य तिहारमा टुङ्किन्छ, हजुरबादेखि नातिनातिनासम्मको सम्बन्धलाई दशैँले सफा, उज्यालो र एकत्वमा रूपान्तरण गराउँछ ।

श्रीमान्–श्रीमतीबीचको मनमुटावलाई तीजको व्रतले विसर्जन गराउँछ, विद्यार्थी र शिक्षकबीचको तिक्तता गुरुपूर्णिमामा मेटिन्छ, कुलपूजामा गोत्रीय बन्धुत्व भेटाइन्छ, स्वस्थानीपूजाले मितिनीआमा र मितछोराबीचको सामिप्यता बढाउँछ, मामा र भाञ्जाभाञ्जीबीचको कटुता जनैँपूर्णिमामा पखालिन्छ । चाडपर्वले पापमात्र पखाल्दैन तिक्तता, रिक्ततालाई निमिट्यान्न बनाउँछ ।  चाडपर्वलाई मनाउने मात्र होइन यसभित्रका वैज्ञानिक पक्ष, रहस्यलाई मनन गर्न जरुरी छ । हरेक पर्वभित्र विज्ञान छ, चाडमा ज्ञान छ, चाडपर्वमा दर्शन छ । ऋषिमुनिहरुले यतिकै चाडपर्वको जन्म गराएका छैनन् । 

श्रावणपूर्णिमाको दिनलाई जनैपूर्णिमा भनिन्छ । जनैपूर्णिमाका दिन सप्तऋषिको पूजा गर्छौ, उनीहरुलाई जनै अर्पण गर्छौ, रुद्राभिषेशसहित जनैलाई मन्त्रले पूजा गरी नयाँ जनै फेर्छौ, रक्षाबन्धन लगाउँछौँ । जनै लगाउन र ऋषिको पूजा गर्न कुनै जात, धर्म, वर्गलाई प्रतिबन्ध छैन । हाम्रा ऋषिहरु विभिन्न जातका छन् । यसैले जनैपूर्णिमालाई विधिवत्रुपमा सबैले मनाउन सक्छन् अर्थात् जनैपूर्णिमा भित्र सबैलाई अट्ने ठाउँछ ।

वैदिक सनातनधर्ममा सोह्र संस्कार छन्, तीमध्ये व्रतबन्ध एक हो । व्रतबन्धपछि जनै लगाउने, अध्ययन गर्ने लगायतका धार्मिक, सांस्कृतिक र व्यावहारिक अधिकार प्राप्त हुन्छन् । व्रतबन्धलाई उपनयन पनि भनिन्छ । ‘‘उप’ र ‘‘नयन’ मिलेर ‘उपनयन’ शब्द बनेको छ जसको अर्थ क्रमशः ‘‘नजिक’ र ‘असल मार्गमा’ लैजानु हुन्छन् । मानिस व्रतबन्धपछि सामाजिक, वैदिक, सभ्य र संस्कारी प्राणी बन्ने हुनाले यसलाई दोस्रोपटक जन्मिएको मानिन्छ ।  गोभिलगृभ सूत्र (१।२।१)मा विद्यार्थीले यज्ञोपवितको रूपमा सूत्रको डोरी, वस्त्र वा कुशको डोरी लगाउनुपर्ने बताइएको छ । जनै लगाउने परम्परा प्राचीनकालदेखि थियो । साधनाका लागि मन्त्र, टुप्पी र जनैको महत्व छ । यसैकारण हाम्रा पुर्खाले टुप्पी राखे, जनै लगाएर संस्कारी मानव बने ।

आकार्य परिपूज्यैताँस्तदाज्ञावशगो हरः । 
यथाविधि चकारास्य व्रतबन्धं मुदा तदा ।।
उपायनानि सर्वे ते शिवयोर्बालकस्य च ।
अष्टाशीतिसहस्रेभ्यो नमस्कृत्य हरोùपि च ।। 
            – गणेशपुराण (क्रीडाखण्ड ९६।५–६)

अर्थात्, “सबै ऋषिमुनिहरूलाई बोलाएर पूजा गरी उनीहरूले बताएअनुसार (गणेशको) व्रतबन्ध कार्य पुरा भयो । गणेशको उपनयन संस्कारमा आएका अठासी हजार ऋषिमुनिहरूले महादेव, पार्वती र गणेशलाई उपहार दिए ।” व्रतबन्धमा बटुकलाई भिक्षा र बुबा–आमालाई शुभकामना दिने प्रचलन देवीदेवताको समयमा पनि थियो । स्कन्दपुराणको माघमहात्म्यअन्तर्गत स्वस्थानी व्रतकथामा गोमाले भिक्षा माग्न गएका श्रीमान् नफर्केपछि छिमेकीको सहयोग लिएर नवराजको व्रतबन्ध गरिदिएको वर्णन छ ।

रामचरितमानसको प्रथम सोपानअन्तर्गत बालकाण्डमा भगवान् राम एवं उनका भाइहरूलाई आमा, बुबा र गुरुले जनै दिएको वर्णन आउँछ ।  यस प्रसंगमा ‘पीत जग्य उपवीत सुहाये’ अर्थात पहेँलो रङ्गको जनै भगवान् रामको घाँटीमा चम्किरहेको प्रसङ्ग तुलसीदासले चर्चा गर्नुभएको छ । महाभारतमा अभिमन्युको व्रतबन्ध गरिएको वर्णन छ । हरेक युगमा मानिसको मात्र होइन देवताको पनि व्रतबन्ध हुन्थ्यो  ।

भरतले साधना गर्दागर्दै अन्य कपडाका साथै जनै पुरानो भएको  चर्चाले साधनाकालमा समेत जनैको उत्तिकै महŒव रहेको प्रष्ट हुन्छ । व्रतबन्धको अर्थ कामवाद, कामभक्ष र कामाचार छोडेर नियममा बाँधिनु हो । सन्तानको व्रतबन्ध र विवाह गराइदिनु अभिभावकको कर्तव्य एवं दायित्व हो । मूर्तिमा प्राणप्रतिष्ठा गरेपछि जनै लगाइदिने गरिन्छ । जनैले मूर्तिलाई अझ पवित्र र पुजनीय बनाउँछ । 

व्रतबन्धपछि अध्ययन, अनुष्ठान, विवाह आदि कार्यका लागि योग्य मानिन्छ । अपरझट बुबा–आमाको निधन हुने अवस्था आएमा गाईगोठ, शिवालय वा मन्दिरमा व्रतबन्ध गरी कर्म गर्ने अधिकार दिइन्छ । वैदिकधर्मअनुसार यज्ञोपवीत संस्कार नगरी कुनै कर्म गर्ने अधिकार हुँदैन । जनैले नै धार्मिक बन्ने, आध्यात्मिक साधना गर्ने, परम्पराको संरक्षण गर्ने, हरेक अनुष्ठान र कर्म गर्ने अधिकार दिलाउँछ । यसकारण व्रतबन्ध गर्न निश्चित उमेर, पद्धति, विधानलाई पालना गर्नुपर्छ । जनै लगाउँदा कम्मरभन्दा तल र नाइटोभन्दा माथि हुनुहुँदैन ।

गर्भाष्टमेभब्दे कुर्वीत ब्राभणस्योपनायनम् ।
गर्भादेकादशे राज्ञो गर्भात्तु द्वादशे विशः ।।
                    –मनुस्मृति (२।३६)
अर्थात्, “आठ वर्षमा ब्रामणको, क्षत्रीको एघार वर्षमा र वैश्यको बाह्र वर्षमा व्रतबन्ध गर्नु आवश्यक हुन्छ ।” कतिपयले गर्भ र कतिले जन्मदेखि वर्ष गणना गरी व्रतबन्ध गराउँछन् । जातिअनुसार व्रतबन्ध गर्ने उमेर फरक छ, यसभित्र वैज्ञानिक रहस्य लुकेको छ । वैदिकधर्मले अष्ट(८) वसु , एघार रुद्र, बाह्र आदित्य(सूर्य), इन्द्र र प्रजापति गरी ३३  देवता मानेको छ । प्रत्येक लोकमा तेत्तीस कोटी होइन तेत्तीस देवता हुन्छन्, भाव र विश्वासले संख्या बढाउनु अर्कै कुरा हो ।

वसुलाई ब्राम्हण, रुद्रलाई क्षत्री र आदित्यलाई वैश्य देवता मानिन्छ ।ब्राम्हणको आठ वर्षमा व्रतबन्ध गर्नुको अर्थ वसु आठवटा छन् र वसु ब्राम्हण जातिका थिए । रुद्रलाई क्षत्री मानिन्छ एवं रुद्र एघार छन् । त्यसैले क्षत्रीको ११ वर्षमा व्रतबन्ध गरिन्छ । बाह्र महिनामा फरक फरक नामका बाह्रवटा सूर्य उदाउछन् । उनी वैश्य जातका देवता मानिने हुनाले वैश्यको १२ वर्षमा व्रतबन्ध गराइन्छ ।

जातिअनुसार व्रतबन्ध गर्ने ऋतु वा महिना  फरक हुन्छ–वसन्ते ब्राéणमुपनयेत् अर्थात् ब्राम्हणको वसन्त ऋतुमा उपनयन संस्कार गर्नुपर्छ । ज्योतिषशास्त्रअनुसार प्रत्येक महिनाका अधिपति (मालिक) ग्रहहरू हुन्छन् । चैत्र महिनाको राशि मीन हो, यसको मालिक (स्वामी) गुरु (बृहस्पति) हुन् । बृहस्पति ग्रहलाई ज्योतिषशास्त्रले ब्राम्हण मानेको हुनाले ब्राम्हण जातिकोे चैत्रमा व्रतबन्ध गरिन्छ ।

हरेक विधान पु-याएर, विधि जुराएर लगाइने हुनाले जनैलाई मृत्युपर्यन्त अटुटरूपमा धारण गर्नुपर्छ । चुडियो भने अर्को जनै नलगाएसम्म बोल्न हुँदैन । व्रतबन्धमा गुरुले दिएको गायत्री मन्त्रलाई नियमले जपिन्छ, वेद पाठ गरिन्छ । यिनै गरिमाका कारण देवीदेवताहरू व्रतबन्ध कर्मलाई हेर्न लालायित हुन्छन् । अथर्ववेदले भनेको छ–

आचार्य उपनयमानो ब्रमचारिणं कृणुते गर्भमन्तः ।
तं रात्रिः तिस्र उदरे बिभर्ति तं जातं द्रष्टुमभियन्ति देवाः ।।

अर्थात्, “आचार्यले उपनयन संस्कार गरिसकेपछि शिष्यलाई ब्रमचर्य धारण गर्ने आज्ञा दिन्छन् र आफूभित्र प्रवेश गराउँछन् । त्यो ब्रमचारी शिष्य तीन रातसम्म गुरुको पेटमा बस्दछ र फेरि जन्मन्छ । त्यसलाई हेर्न देवताहरू पनि एकत्रित हुन्छन् ।” यज्ञोपवीत धारण गरेपछि गुरुबाट ज्ञानार्जन गरी समाज एवं राष्ट्रको सम्पत्ति हुन पुग्दछ । गुरुकुल प्रवेशका लागि व्रतबन्ध र ब्रम्हचर्यलाई न्यूनतम आवश्यकता मानिन्थ्यो ।

ब्रम्हचर्यकै कारण कृष्णले ६४ दिनमा सम्पूर्ण विद्या आर्जन गरेका थिए ।   आफूलाई भुल्ने, अरूलाई चिन्न खोज्ने प्रवृत्तिले हाम्रो विज्ञान अलपत्रमा परेको छ । धर्मभित्रको ज्ञान र विज्ञान भुल्नाले वैदिक धर्म, संस्कृति, मूल्यमान्यताको अस्तित्व र अस्मितामा दाग लाग्न पुगेको छ । आफ्ना शास्त्रका ज्ञान र मार्गदर्शनलाई अनुशरण गरेसम्म हाम्रो धर्म, समाज, कला विश्वकै चरमोत्कर्षमा थियो ।

षट्शास्त्र-व्याकरण, ज्योतिष, छन्द, निरुक्त, शिक्षा, कल्प)को ज्ञान प्रत्येक जातिका मानिसमा हुनुपर्दथ्यो । यसकै आधारमा ६ डोरा जनै लगाउने चलनको प्रारम्भ हुन पुग्यो ।

चाडपर्व भित्रको ज्ञान र जनैभित्रको विज्ञान 

नेपालीका चाड र हिन्दूधर्मका पर्व दैनिकजस्तै आउँछन् । एकादशी हुन् वा संक्रान्ती, पूर्णिमा हुन् वा सोमबारको व्रत हरेक पक्ष, तिथि, वारहरु पर्व नै बोकेर आउँछन्, चाडवाडकै उत्सव लिएर झुल्कन्छन् । यिनीहरुको सम्बन्ध पूजापाठ, भोजभतेर, रमितासँग भन्दा अध्यात्म, शान्ति, सद्भाव, इतिहास, परम्परासँग अधिक गाँसिएको हुन्छ । यसले मानसिक, शारीरिक र सामाजिक रुपमा मानिसलाई प्रबल बनाइरहेको हुन्छ ।

चाडपर्वले जीवनलाई सहज, सम्बन्धलाई सबल, धर्म र संस्कृतिलाई प्रतिफलमुखी बनाउँछ । चाडपर्वले इष्टदेवीदेवताको पूजा–उपासना, प्रार्थना, दानसहित असल कार्यमा प्रवृत्त, एकतामा आबद्ध, संस्कृतिमा प्रतिबद्ध, चिन्तनमा ध्यानबद्ध, व्यवहारमा क्रमबद्ध रूपमा जिउने कला प्रदान गर्दछ । ‘परं वनुते-वृणुतेति पर्व’ अर्थात् टाढा–टाढा बसेकालाई भेट्ने, नजिक ल्याउने अवसरलाई पर्व भनिन्छ ।

तिथि, मिति र घटनाविशेषका आधारमा पर्वको जन्म हुन्छ र मनाउने विधिको निर्धारण हुन्छ । बिस्केटजात्रा होस् कि भोटेजात्रा, रथयात्रा होस् कि लाखेजात्रा सबैले मौलिकपन र परम्परामात्र धानेका छैनन् इतिहासको पनि संरक्षण गरेका छन् । भेटघाट गर्ने, सुख–दुःख आदानप्रदान गर्ने एवं देव, पितृ, अग्रजलाई स्मरण गर्ने, कृतज्ञ बन्ने दिवसको नाम चाडपर्व हो । चाडपर्वले मानिसको भौतिक दुरीमात्र होइन आत्मीय दुरी पनि घटाउँछ, पुर्खाहरूको इतिहासलाई संझाउँछ, संयुक्त परिवारको आनन्द दिलाउँछ ।

चाडपर्वलाई बुझेर मनाउँदासम्म हाम्रा कुनै हजुरबुबाले वृद्धाश्रम जानुपरेन, कुनै नातिले बालगृहमा बसेर बाल्यकाललाई खेर फाल्नुपरेन, छोराले आत्महत्या र छोरी–बुहारीले गर्भपतन गर्नुपरेन, कुनै पनि सासुससुराले एक्लो जीवन बिताउनुपरेन । मानिसअनुसार भिन्न मति र गति हुन्छ जसलाई चाडपर्वले जोड्छ । 

चाडपर्वसँग राष्ट्रको अस्मिता जोडिएको हुन्छ, धर्मको जरा गाँसिएको हुन्छ, संस्कारको फूल फक्रिएको हुन्छ, सामाजिक एकता मौलाएको हुन्छ । कर्तव्यकी आमा, संस्कारकी जननी, धर्मकी मा, पहिचानकी मातालाई चाडपर्व भनिन्छ । चाडपर्व रमाइलोका लागि होइन जीवनका लागि, पहिचान र अस्तित्वको लागि पनि मनाइन्छ । हाम्रा चाडपर्व धेरै छन्, ओझिला छन् तर बोझिला छैनन् । यसले ऋण बोकाउँदैन बाटो देखाउँछ, खर्च बढाउँदैन इतिहास बताउँछ, क्षति गर्दैन परम्पराको अक्षुण्णतालाई सुरक्षित गराउँछ ।

हिन्दूका चाडपर्वहरू मोज, भोज, बोझभन्दा साधना, उपासना, चिन्तन, मननमा केन्द्रित छन् । देवीदेउरालीको पूजा होस् कि नाग र सिंमेभूमेको पूजा होस्, यसले समाज र संस्कृतिलाई जोड्छ । प्रत्येक पर्वका आफ्नै गरिमा, महिमा, उपलब्धि, लक्ष्य र विशेषता छन् । चाडपर्वले जोड्छ, नजिक बनाउँछ, अपनत्वको अनुभूति दिलाउँछ । बुबा र छोराछोरीबीच बिग्रिएका सम्बन्ध बुबाखुवाउने (कुसे)औँशीदेखि सुध्रिन्छन्, आमा र सन्तानबीचको सम्बन्ध आमाखुवाउने औँसीदेखि प्रगाढ बन्दछ, दिदीबहिनी र दाजुभाइबीचको वैमनस्य तिहारमा टुङ्किन्छ, हजुरबादेखि नातिनातिनासम्मको सम्बन्धलाई दशैँले सफा, उज्यालो र एकत्वमा रूपान्तरण गराउँछ ।

श्रीमान्–श्रीमतीबीचको मनमुटावलाई तीजको व्रतले विसर्जन गराउँछ, विद्यार्थी र शिक्षकबीचको तिक्तता गुरुपूर्णिमामा मेटिन्छ, कुलपूजामा गोत्रीय बन्धुत्व भेटाइन्छ, स्वस्थानीपूजाले मितिनीआमा र मितछोराबीचको सामिप्यता बढाउँछ, मामा र भाञ्जाभाञ्जीबीचको कटुता जनैँपूर्णिमामा पखालिन्छ । चाडपर्वले पापमात्र पखाल्दैन तिक्तता, रिक्ततालाई निमिट्यान्न बनाउँछ ।   

चाडपर्वलाई मनाउने मात्र होइन यसभित्रका वैज्ञानिक पक्ष, रहस्यलाई मनन गर्न जरुरी छ । हरेक पर्वभित्र विज्ञान छ, चाडमा ज्ञान छ, चाडपर्वमा दर्शन छ । ऋषिमुनिहरुले यतिकै चाडपर्वको जन्म गराएका छैनन् ।  श्रावणपूर्णिमाको दिनलाई जनैपूर्णिमा भनिन्छ । जनैपूर्णिमाका दिन सप्तऋषिको पूजा गर्छौ, उनीहरुलाई जनै अर्पण गर्छौ, रुद्राभिषेशसहित जनैलाई मन्त्रले पूजा गरी नयाँ जनै फेर्छौ, रक्षाबन्धन लगाउँछौँ ।

जनै लगाउन र ऋषिको पूजा गर्न कुनै जात, धर्म, वर्गलाई प्रतिबन्ध छैन । हाम्रा ऋषिहरु विभिन्न जातका छन् । यसैले जनैपूर्णिमालाई विधिवत्रुपमा सबैले मनाउन सक्छन् अर्थात् जनैपूर्णिमा भित्र सबैलाई अट्ने ठाउँछ । वैदिक सनातनधर्ममा सोह्र संस्कार छन्, तीमध्ये व्रतबन्ध एक हो । व्रतबन्धपछि जनै लगाउने, अध्ययन गर्ने लगायतका धार्मिक, सांस्कृतिक र व्यावहारिक अधिकार प्राप्त हुन्छन् ।

व्रतबन्धलाई उपनयन पनि भनिन्छ । ‘‘उप’ र ‘‘नयन’ मिलेर ‘उपनयन’ शब्द बनेको छ जसको अर्थ क्रमशः ‘‘नजिक’ र ‘असल मार्गमा’ लैजानु हुन्छन् । मानिस व्रतबन्धपछि सामाजिक, वैदिक, सभ्य र संस्कारी प्राणी बन्ने हुनाले यसलाई दोस्रोपटक जन्मिएको मानिन्छ ।  गोभिलगृभसूत्र (१।२।१)मा विद्यार्थीले यज्ञोपवितको रूपमा सूत्रको डोरी, वस्त्र वा कुशको डोरी लगाउनुपर्ने बताइएको छ ।

जनै लगाउने परम्परा प्राचीनकालदेखि थियो । साधनाका लागि मन्त्र, टुप्पी र जनैको महत्व छ । यसैकारण हाम्रा पुर्खाले टुप्पी राखे, जनै लगाएर संस्कारी मानव बने ।

आकार्य परिपूज्यैताँस्तदाज्ञावशगो हरः । 
यथाविधि चकारास्य व्रतबन्धं मुदा तदा ।।
उपायनानि सर्वे ते शिवयोर्बालकस्य च ।
 अष्टाशीतिसहस्रेभ्यो नमस्कृत्य हरोगपि च ।। 
            – गणेशपुराण (क्रीडाखण्ड ९६।५–६)

अर्थात्, “सबै ऋषिमुनिहरूलाई बोलाएर पूजा गरी उनीहरूले बताएअनुसार (गणेशको) व्रतबन्ध कार्य पुरा भयो । गणेशको उपनयन संस्कारमा आएका अठासी हजार ऋषिमुनिहरूले महादेव, पार्वती र गणेशलाई उपहार दिए ।” व्रतबन्धमा बटुकलाई भिक्षा र बुबा–आमालाई शुभकामना दिने प्रचलन देवीदेवताको समयमा पनि थियो । स्कन्दपुराणको माघमहात्म्यअन्तर्गत स्वस्थानी व्रतकथामा गोमाले भिक्षा माग्न गएका श्रीमान् नफर्केपछि छिमेकीको सहयोग लिएर नवराजको व्रतबन्ध गरिदिएको वर्णन छ ।

रामचरितमानसको प्रथम सोपानअन्तर्गत बालकाण्डमा भगवान् राम एवं उनका भाइहरूलाई आमा, बुबा र गुरुले जनै दिएको वर्णन आउँछ ।  यस प्रसंगमा ‘पीत जग्य उपवीत सुहाये’ अर्थात पहेँलो रङ्गको जनै भगवान् रामको घाँटीमा चम्किरहेको प्रसङ्ग तुलसीदासले चर्चा गर्नुभएको छ । महाभारतमा अभिमन्युको व्रतबन्ध गरिएको वर्णन छ । हरेक युगमा मानिसको मात्र होइन देवताको पनि व्रतबन्ध हुन्थ्यो  ।

भरतले साधना गर्दागर्दै अन्य कपडाका साथै जनै पुरानो भएको  चर्चाले साधनाकालमा समेत जनैको उत्तिकै महŒव रहेको प्रष्ट हुन्छ । व्रतबन्धको अर्थ कामवाद, कामभक्ष र कामाचार छोडेर नियममा बाँधिनु हो । सन्तानको व्रतबन्ध र विवाह गराइदिनु अभिभावकको कर्तव्य एवं दायित्व हो । मूर्तिमा प्राणप्रतिष्ठा गरेपछि जनै लगाइदिने गरिन्छ । जनैले मूर्तिलाई अझ पवित्र र पुजनीय बनाउँछ । 
 व्रतबन्धपछि अध्ययन, अनुष्ठान, विवाह आदि कार्यका लागि योग्य मानिन्छ । अपरझट बुबा–आमाको निधन हुने अवस्था आएमा गाईगोठ, शिवालय वा मन्दिरमा व्रतबन्ध गरी कर्म गर्ने अधिकार दिइन्छ । वैदिकधर्मअनुसार यज्ञोपवीत संस्कार नगरी कुनै कर्म गर्ने अधिकार हुँदैन । जनैले नै धार्मिक बन्ने, आध्यात्मिक साधना गर्ने, परम्पराको संरक्षण गर्ने, हरेक अनुष्ठान र कर्म गर्ने अधिकार दिलाउँछ । यसकारण व्रतबन्ध गर्न निश्चित उमेर, पद्धति, विधानलाई पालना गर्नुपर्छ । जनै लगाउँदा कम्मरभन्दा तल र नाइटोभन्दा माथि हुनुहुँदैन ।
गर्भाष्टमेभब्दे कुर्वीत ब्राम्हणस्योपनायनम् ।
गर्भादेकादशे राज्ञो गर्भात्तु द्वादशे विशः ।।
                    –मनुस्मृति (२।३६)

अर्थात्, “आठ वर्षमा ब्राम्हणको, क्षत्रीको एघार वर्षमा र वैश्यको बाह्र वर्षमा व्रतबन्ध गर्नु आवश्यक हुन्छ ।” कतिपयले गर्भ र कतिले जन्मदेखि वर्ष गणना गरी व्रतबन्ध गराउँछन् । जातिअनुसार व्रतबन्ध गर्ने उमेर फरक छ, यसभित्र वैज्ञानिक रहस्य लुकेको छ ।

वैदिकधर्मले अष्ट(८) वसु , एघार रुद्र, बाह्र आदित्य(सूर्य), इन्द्र र प्रजापति गरी ३३  देवता मानेको छ । प्रत्येक लोकमा तेत्तीस कोटी होइन तेत्तीस देवता हुन्छन्, भाव र विश्वासले संख्या बढाउनु अर्कै कुरा हो । वसुलाई ब्राम्हण, रुद्रलाई क्षत्री र आदित्यलाई वैश्य देवता मानिन्छ । ब्राéणको आठ वर्षमा व्रतबन्ध गर्नुको अर्थ वसु आठवटा छन् र वसु ब्राम्हण जातिका थिए । रुद्रलाई क्षत्री मानिन्छ एवं रुद्र एघार छन् ।

त्यसैले क्षत्रीको ११ वर्षमा व्रतबन्ध गरिन्छ । बाह्र महिनामा फरक फरक नामका बाह्रवटा सूर्य उदाउछन् । उनी वैश्य जातका देवता मानिने हुनाले वैश्यको १२ वर्षमा व्रतबन्ध गराइन्छ । जातिअनुसार व्रतबन्ध गर्ने ऋतु वा महिना  फरक हुन्छ–वसन्ते ब्राéणमुपनयेत् अर्थात् ब्राéणको वसन्त ऋतुमा उपनयन संस्कार गर्नुपर्छ । ज्योतिषशास्त्रअनुसार प्रत्येक महिनाका अधिपति (मालिक) ग्रहहरू हुन्छन् ।

चैत्र महिनाको राशि मीन हो, यसको मालिक (स्वामी) गुरु (बृहस्पति) हुन् । बृहस्पति ग्रहलाई ज्योतिषशास्त्रले ब्राéण मानेको हुनाले ब्राéण जातिकोे चैत्रमा व्रतबन्ध गरिन्छ । हरेक विधान पु-याएर, विधि जुराएर लगाइने हुनाले जनैलाई मृत्युपर्यन्त अटुटरूपमा धारण गर्नुपर्छ । चुडियो भने अर्को जनै नलगाएसम्म बोल्न हुँदैन । व्रतबन्धमा गुरुले दिएको गायत्री मन्त्रलाई नियमले जपिन्छ, वेद पाठ गरिन्छ । यिनै गरिमाका कारण देवीदेवताहरू व्रतबन्ध कर्मलाई हेर्न लालायित हुन्छन् । अथर्ववेदले भनेको छ–

आचार्य उपनयमानो ब्राम्हचारिणं कृणुते गर्भमन्तः ।
तं रात्रिः तिस्र उदरे बिभर्ति तं जातं द्रष्टुमभियन्ति देवाः ।।

अर्थात्, “आचार्यले उपनयन संस्कार गरिसकेपछि शिष्यलाई ब्रम्हचर्य धारण गर्ने आज्ञा दिन्छन् र आफूभित्र प्रवेश गराउँछन् । त्यो ब्रम्हचारी शिष्य तीन रातसम्म गुरुको पेटमा बस्दछ र फेरि जन्मन्छ । त्यसलाई हेर्न देवताहरू पनि एकत्रित हुन्छन् ।” यज्ञोपवीत धारण गरेपछि गुरुबाट ज्ञानार्जन गरी समाज एवं राष्ट्रको सम्पत्ति हुन पुग्दछ । गुरुकुल प्रवेशका लागि व्रतबन्ध र ब्रम्हचारीलाई न्यूनतम आवश्यकता मानिन्थ्यो । ब्रम्हचारीकै कारण कृष्णले ६४ दिनमा सम्पूर्ण विद्या आर्जन गरेका थिए ।  

आफूलाई भुल्ने, अरूलाई चिन्न खोज्ने प्रवृत्तिले हाम्रो विज्ञान अलपत्रमा परेको छ । धर्मभित्रको ज्ञान र विज्ञान भुल्नाले वैदिक धर्म, संस्कृति, मूल्यमान्यताको  सहअस्तित्व र अस्मितामा दाग लाग्न पुगेको छ । आफ्ना शास्त्रका ज्ञान र मार्गदर्शनलाई अनुशरण गरेसम्म हाम्रो धर्म, समाज, कला विश्वकै चरमोत्कर्षमा थियो । षट्शास्त्र(व्याकरण, ज्योतिष, छन्द, निरुक्त, शिक्षा, कल्प)को ज्ञान प्रत्येक जातिका मानिसमा हुनुपर्दथ्यो । यसकै आधारमा ६ डोरा जनै लगाउने चलनको प्रारम्भ हुन पुग्यो । “

ॐकारोगग्निश्च नागश्च सोमः पितृप्रजापति । वायुः सूर्यश्च सर्वश्च तन्तुदेवा अमी नव ।।” अर्थात्, ‘‘ओम्कार, अग्नि, नाग(अनन्त), चन्द्रमा, पितृगण, प्रजापति, वायु, सूर्य र सर्वदेव गरी नौवटा देवताको प्रतीकात्मक रूपमा नौ डोरा भएको जनै लगाउने चलन थियो ।” ६ डोरालाई यज्ञोपवीत र थप ३ डोरालाई उत्तरीयका रूपमा लगाउने परम्परा छ । तीन–तीन डोराको एउटा गाँठो बनाई वेदमन्त्रद्वारा विभिन्न देवीदेवताहरूलाई बोलाएर, तीर्थहरूको जल छर्केर पवित्र तुल्याई जनै लगाइन्छ ।

मानिसले दिनमा २१,६०० पटक श्वास फेर्दछ  । यति नै अङ्गुल लामो डोराबाट जनै तयार गरिन्छ । जनैलाई यज्ञोपवीत पनि भनिन्छ । ‘यज्ञ’को अर्थ शुभकार्य र ‘‘उपवित’को अर्थ धारण गर्नुहुन्छ । यज्ञोपवीतको अर्थ जनैमात्र होइन परिधान विशेष पनि हो । यज्ञ, पूजापाठलगायतका कार्य गर्दा पहिरने पवित्र वस्तुलाई पनि यज्ञोपवीत भन्न सकिन्छ ।  

एतावद्दिनपर्यन्तं ब्रéत्वं धारितं मया ।
जीर्णात्वत्वात्परित्यागो गच्छ सूत्र यथासुखम् ।।

अर्थात्, “हे सूत्र (जनै)  मैले तिमीलाई अहिलेसम्म लगाएँ, अब तिमी जीर्ण (पुरानो) भयौँ, त्यसकारण तिमीलाई त्याग गरेँ, अब तिमीलाई जहाँ सुख छ, त्यहाँ खुसी भएर बस ।” कपडा, गहना लगाउँदा, फुकाल्दा यति धेरै विधिविधान पु-याउनुपर्दैन । जनै परिस्थितिविशेषमा विधिसम्मत तरिकाले परिवर्तन गरिन्छ । ऋषितर्पणी, सूतक, आशौच, श्राद्ध, यज्ञ, चन्द्र र सूर्य ग्रहणमा पूरानो जनै त्यागेर नयाँ धारण गर्नुपर्छ  ।

सायणले पनि ‘‘नछुने भएकी महिला, मद्यपान वा तामसी पदार्थ खाने मानिसलाई छोएमा नयाँ जनै लगाउनुपर्छ भनेका छन् । जनैमा दैवीशक्ति हुनेहुनाले यसलाई धारण गर्दा मन, वचन र कर्ममा ओज एवं सत्यता आउँछ । व्रतबन्ध गर्दा धागोको जनै लगाउनुभन्दा पहिले कुशको जनै लगाएर शरीरलाई शुद्ध तुल्याइन्छ । शास्त्रीय विधान पुरा नगरी वा मर्यादारहित भई लगाएमा जनाईखटिरा आउँछ भन्ने विश्वास छ ।

जनै पहेँलो रङको हुन्छ । ज्योतिषशास्त्रले बृहस्पतिलाई रङ पहेँलो र देवताका गुरु मानेको छ । पहेँलो जनैले ज्ञान, चिन्तन र व्यवहारलाई उच्चकोटीमा बदल्न सहयोग गर्दछ । यसकारण धार्मिक अनुष्ठानमा पहेँलो वस्त्र लगाउने, ओढ्ने चलन छ ।

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।
यज्ञोपवीतमसियज्ञस्यत्वायज्ञोपवीतेनोपनèामि ।।

अर्थात्, “यज्ञोपवीत(जनै) परमपवित्र धारणीय वस्तु हो । यसको आविर्भाव ब्राम्हण को आविर्भावसँगै उहाँकै छात्तिमा झुण्डिएर भएको हो । यज्ञोपवीतले आयु, बल, तेजको वृद्धि गराउँछ । हे यज्ञोपवीत  यज्ञका लागि तिमी पवित्र छौ । यज्ञका निम्ति म तिमीलाई धारण गर्दछु ।” महिला र पुरुष दुवैले संयुक्तरूपमा धार्मिक कार्य गर्नुपर्ने हुनाले प्राचीन कालमा महिलाहरूको उपनयन संस्कार हुन्थ्यो अहिले यो कार्य प्रायः लुप्त हुँदै गएको छ । यो सङ्कीर्णता र अज्ञानताको पराकाष्ठा हो । यसलाई बेलाबेलामा विभिन्न महापुरुषहरूले निरन्तरता दिने प्रयास गरे पनि पूर्णता पाउन सकेको देखिँदैन ।

नेपाल आमाका सुपुत्रहरु योगी नरहरिनाथ, सं. डा. स्वामी प्रपन्नाचार्यज्यू र प्रा. छविलाल पोखरेलले चर्को विरोधका बीच महिला, किरातवर्ग र दलित आदिलाई जनै लगाइदिनुभएको थियो । किरातवर्गले प्रपन्नाचार्यलाई न्वारनको बल लगाएर ‘हामीलाई ब्राéण बनायो’ भनेर विरोध गरे । प्रा. छविलाल पोखरेललाई ब्राम्हणहरुले हुर्मत लिने प्रयास गरे । तथापि उहाँहरुले केही हदसम्म यसलाई कार्यान्वयन गराउनुभयो ।

यसलाई प्रमाण मानेर केही धार्मिक संस्थाहरूले अहिलेसम्म अनुशरण, अनुकरण गरिरहेका छन् । जनै लगाउनुभन्दा लगाइसकेपछिका विधान अझ वैज्ञानिक र व्यावहारिक छन् । दिसा–पिसाब गर्दा जनैमा फोहोर पर्न सक्ने हुनाले दाहिने कानमाथि एक फन्को लगाएर छोटो बनाइन्छ । दाहिने कानमा वायु, चन्द्रमा, इन्द्र, अग्नि, मित्र तथा वरुण देवताहरू रहन्छन् । जसको साथमा रहँदा जनैको पवित्रता बढ्दछ । 

 आदित्य वसवो रुद्र वायुरग्निश्च धर्मराट् ।
विप्रस्य दक्षिणे कर्णे नित्यं तिष्ठन्ति देवताः ।।

अर्थात्, “दाहिने कानमा सूर्य, वसु, रुद्र, वायु, अग्नि, धर्मराजलगायतका देवताहरू सधैँ बस्दछन् ।” दाहिने कानमा देवीदेवताको निवास हुनेहुनाले छिँऊ आउँदा, दाँतमा जुठो हुँदा, अचानक झुटो कुरा मुखबाट निस्केमा, खराब आचरणका मानिससँग कुराकानी गरेपछि दाहिने कानको स्पर्श गर्नुपर्छ ।  यसले अज्ञान र बाध्यतावश भएका गल्तीबाट मुक्ति दिलाउँछ । “दिउँसो दिसापिसाब गर्दा एवं सन्ध्याको समयमा जनैलाई कानमा राखेर उत्तर फर्कनुपर्छ, रात्रि दिसा–पिसाब गर्दा दक्षिण मुख गर्नुपर्दछ  ।” जनैपूर्णिमामा मन्त्रबाट पूजित जनैमात्र वर्ष दिनसम्म लगाउन मिल्छ । पञ्चशिखा नभएको जनै वा विधिसम्मत् नबनाइएका रक्षाबन्धन लगाउनुमा कुनै तुक हुँदैन । 

सर्वरोगोपशमनं सर्वाशुभविनाशनम् ।
सकृत्कृतेनाब्दमेकं येन रक्षा कृता भवेत् ।। 
–भविष्यपुराण

अर्थात्, “रक्षाबन्धन लगाउनाले  सम्पूर्ण रोग र अशुभ कार्यको विनाश हुन्छ । वर्षको एकपटकमात्र लगाउँदा त्यसले वर्षभरी मानिसको रक्षा गर्दछ ।” मन्त्रोच्चारणसहित शास्त्रीय विधान पुरा गरेर रक्षाबन्धन लगाएमा कुविचार आउँदैन, भूत–प्रेत आदि दुष्टात्माहरूले दुःख दिँदैन । त्यसैले यसको नाम रक्षाबन्धन राखिएको हो ।

जसले कुतत्वहरूलाई बन्धनमा पारेर मानिसको रक्षा गर्दछ, त्यसलाई रक्षाबन्धन भनिन्छ । रक्षाबन्धन पहेँलो रङ्गको हुन्छ जसलाई दाहिने हातमा लगाइन्छ । जहाँ रक्षाबन्धन लगाइन्छ, त्यस स्थानको सम्बन्ध धातु(वीर्य)सँग हुन्छ । धातुसम्बन्धी समस्या भएका मानिसले बिहान उठ्नेबित्तिकै नाडीमा थिच्दा यस्ता समस्याबाट मुक्ति मिल्दछ । महिलाहरूले विवाहपछि यसै स्थानमा चुरा लगाउँछन् जसले प्रजनन् एवं सहनशक्ति बढाउँछ ।

जनैपूर्णिमाको दिनमा बाँधिएको रक्षाबन्धनलाई गाईतिहारका दिन गाईको पुच्छरमा बाँधेर मुक्तिको कामना गरिन्छ । यसले वैतरणी तार्छ र पुनः जन्ममृत्युको चक्रबाट मुक्ति हुन्छ भन्ने जनविश्वास छ । रक्षाबन्धनले मानिसलाई काम, क्रोध, लोभ, मोह, अहंकारलगायतका विकारबाट बचाएर मुक्तिको ढोका खुलाइदिन्छ । रक्षाबन्धनले जीवनदेखि मृत्युपर्यन्त व्यावहारिक र आध्यात्मिक महत्व राख्दछ । 

जनै हाम्रो पहिचान हो । जनैलाई वेदका मन्त्रले ऊर्जावान् बनाउँछ । वेदलाई नेपालमा नै लेखियो । जनै लगाएपछि गायत्री मन्त्रलाई जप्ने, साधना गर्ने अधिकार हुन्छ । गायत्री मन्त्रलाई विश्वामित्र ऋषिले गौरीशंकर हिमालमा साक्षात्कार गरे । यसकारण आर्यावर्तका मानिसलाई जनै लगाउन नेपालले नै सिकायो, हाम्रा ऋषिमुनिहरुले नै जनै बनाउन विधि पत्ता लगाए, यसैले हरेक नेपालीलाई जनै लगाउने अधिकार छ ।

जनै अरु धागोजस्तै भिर्न भने मिल्दैन, विधिपूर्वक लगाउनुपर्छ । जनै र रक्षाबन्धनको सम्बन्ध धर्मसँग मात्र होइन, असल एवं संस्कारयुक्त जीवन, पुर्खाको इतिहास, हाम्रो परम्परासँग जोडिएकोे हुनाले जातिविशेषले लगाउने डोर नसम्झौँ ।

ग्निश्च नागश्च सोमः पितृप्रजापति । वायुः सूर्यश्च सर्वश्च तन्तुदेवा अमी नव ।।” अर्थात्, ‘‘ओम्कार, अग्नि, नाग(अनन्त), चन्द्रमा, पितृगण, प्रजापति, वायु, सूर्य र सर्वदेव गरी नौवटा देवताको प्रतीकात्मक रूपमा नौ डोरा भएको जनै लगाउने चलन थियो ।” ६ डोरालाई यज्ञोपवीत र थप ३ डोरालाई उत्तरीयका रूपमा लगाउने परम्परा छ । तीन–तीन डोराको एउटा गाँठो बनाई वेदमन्त्रद्वारा विभिन्न देवीदेवताहरूलाई बोलाएर, तीर्थहरूको जल छर्केर पवित्र तुल्याई जनै लगाइन्छ । मानिसले दिनमा २१,६०० पटक श्वास फेर्दछ  । यति नै अङ्गुल लामो डोराबाट जनै तयार गरिन्छ ।

जनैलाई यज्ञोपवीत पनि भनिन्छ । ‘यज्ञ’को अर्थ शुभकार्य र ‘‘उपवित’को अर्थ धारण गर्नुहुन्छ । यज्ञोपवीतको अर्थ जनैमात्र होइन परिधान विशेष पनि हो । यज्ञ, पूजापाठलगायतका कार्य गर्दा पहिरने पवित्र वस्तुलाई पनि यज्ञोपवीत भन्न सकिन्छ ।  

एतावद्दिनपर्यन्तं ब्रéत्वं धारितं मया ।
जीर्णात्वत्वात्परित्यागो गच्छ सूत्र यथासुखम् ।।

अर्थात्, “हे सूत्र (जनै)  मैले तिमीलाई अहिलेसम्म लगाएँ, अब तिमी जीर्ण (पुरानो) भयौँ, त्यसकारण तिमीलाई त्याग गरेँ, अब तिमीलाई जहाँ सुख छ, त्यहाँ खुसी भएर बस ।” कपडा, गहना लगाउँदा, फुकाल्दा यति धेरै विधिविधान पु-याउनुपर्दैन । जनै परिस्थितिविशेषमा विधिसम्मत तरिकाले परिवर्तन गरिन्छ । ऋषितर्पणी, सूतक, आशौच, श्राद्ध, यज्ञ, चन्द्र र सूर्य ग्रहणमा पूरानो जनै त्यागेर नयाँ धारण गर्नुपर्छ  ।

सायणले पनि ‘‘नछुने भएकी महिला, मद्यपान वा तामसी पदार्थ खाने मानिसलाई छोएमा नयाँ जनै लगाउनुपर्छ ु भनेका छन् । जनैमा दैवीशक्ति हुनेहुनाले यसलाई धारण गर्दा मन, वचन र कर्ममा ओज एवं सत्यता आउँछ । व्रतबन्ध गर्दा धागोको जनै लगाउनुभन्दा पहिले कुशको जनै लगाएर शरीरलाई शुद्ध तुल्याइन्छ । शास्त्रीय विधान पुरा नगरी वा मर्यादारहित भई लगाएमा जनाईखटिरा आउँछ भन्ने विश्वास छ ।

जनै पहेँलो रङको हुन्छ । ज्योतिषशास्त्रले बृहस्पतिलाई रङ पहेँलो र देवताका गुरु मानेको छ । पहेँलो जनैले ज्ञान, चिन्तन र व्यवहारलाई उच्चकोटीमा बदल्न सहयोग गर्दछ । यसकारण धार्मिक अनुष्ठानमा पहेँलो वस्त्र लगाउने, ओढ्ने चलन छ ।

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।
यज्ञोपवीतमसियज्ञस्यत्वायज्ञोपवीतेनोपनèामि ।।

अर्थात्, “यज्ञोपवीत(जनै) परमपवित्र धारणीय वस्तु हो । यसको आविर्भाव ब्राम्हणको आविर्भावसँगै उहाँकै छात्तिमा झुण्डिएर भएको हो । यज्ञोपवीतले आयु, बल, तेजको वृद्धि गराउँछ । हे यज्ञोपवीत ¤ यज्ञका लागि तिमी पवित्र छौ । यज्ञका निम्ति म तिमीलाई धारण गर्दछु ।” महिला र पुरुष दुवैले संयुक्तरूपमा धार्मिक कार्य गर्नुपर्ने हुनाले प्राचीन कालमा महिलाहरूको उपनयन संस्कार हुन्थ्यो अहिले यो कार्य प्रायः लुप्त हुँदै गएको छ । यो सङ्कीर्णता र अज्ञानताको पराकाष्ठा हो । यसलाई बेलाबेलामा विभिन्न महापुरुषहरूले निरन्तरता दिने प्रयास गरे पनि पूर्णता पाउन सकेको देखिँदैन ।

नेपाल आमाका सुपुत्रहरु योगी नरहरिनाथ, सं. डा. स्वामी प्रपन्नाचार्यज्यू र प्रा. छविलाल पोखरेलले चर्को विरोधका बीच महिला, किरातवर्ग र दलित आदिलाई जनै लगाइदिनुभएको थियो । किरातवर्गले प्रपन्नाचार्यलाई न्वारनको बल लगाएर ‘हामीलाई ब्राम्हण बनायो’ भनेर विरोध गरे । प्रा. छविलाल पोखरेललाई ब्राéणहरुले हुर्मत लिने प्रयास गरे । तथापि उहाँहरुले केही हदसम्म यसलाई कार्यान्वयन गराउनुभयो ।

यसलाई प्रमाण मानेर केही धार्मिक संस्थाहरूले अहिलेसम्म अनुशरण, अनुकरण गरिरहेका छन् । जनै लगाउनुभन्दा लगाइसकेपछिका विधान अझ वैज्ञानिक र व्यावहारिक छन् । दिसा–पिसाब गर्दा जनैमा फोहोर पर्न सक्ने हुनाले दाहिने कानमाथि एक फन्को लगाएर छोटो बनाइन्छ । दाहिने कानमा वायु, चन्द्रमा, इन्द्र, अग्नि, मित्र तथा वरुण देवताहरू रहन्छन् । जसको साथमा रहँदा जनैको पवित्रता बढ्दछ । 

 आदित्य वसवो रुद्र वायुरग्निश्च धर्मराट् ।
विप्रस्य दक्षिणे कर्णे नित्यं तिष्ठन्ति देवताः ।।

अर्थात्, “दाहिने कानमा सूर्य, वसु, रुद्र, वायु, अग्नि, धर्मराजलगायतका देवताहरू सधैँ बस्दछन् ।” दाहिने कानमा देवीदेवताको निवास हुनेहुनाले छिँऊ आउँदा, दाँतमा जुठो हुँदा, अचानक झुटो कुरा मुखबाट निस्केमा, खराब आचरणका मानिससँग कुराकानी गरेपछि दाहिने कानको स्पर्श गर्नुपर्छ ।  यसले अज्ञान र बाध्यतावश भएका गल्तीबाट मुक्ति दिलाउँछ । “दिउँसो दिसापिसाब गर्दा एवं सन्ध्याको समयमा जनैलाई कानमा राखेर उत्तर फर्कनुपर्छ, रात्रि दिसा–पिसाब गर्दा दक्षिण मुख गर्नुपर्दछ  ।” जनैपूर्णिमामा मन्त्रबाट पूजित जनैमात्र वर्ष दिनसम्म लगाउन मिल्छ । पञ्चशिखा नभएको जनै वा विधिसम्मत् नबनाइएका रक्षाबन्धन लगाउनुमा कुनै तुक हुँदैन । 

सर्वरोगोपशमनं सर्वाशुभविनाशनम् ।
सकृत्कृतेनाब्दमेकं येन रक्षा कृता भवेत् ।। 
–भविष्यपुराण

अर्थात्, “रक्षाबन्धन लगाउनाले  सम्पूर्ण रोग र अशुभ कार्यको विनाश हुन्छ । वर्षको एकपटकमात्र लगाउँदा त्यसले वर्षभरी मानिसको रक्षा गर्दछ ।” मन्त्रोच्चारणसहित शास्त्रीय विधान पुरा गरेर रक्षाबन्धन लगाएमा कुविचार आउँदैन, भूत–प्रेत आदि दुष्टात्माहरूले दुःख दिँदैन । त्यसैले यसको नाम रक्षाबन्धन राखिएको हो । जसले कुतŒवहरूलाई बन्धनमा पारेर मानिसको रक्षा गर्दछ, त्यसलाई रक्षाबन्धन भनिन्छ ।

रक्षाबन्धन पहेँलो रङ्गको हुन्छ जसलाई दाहिने हातमा लगाइन्छ । जहाँ रक्षाबन्धन लगाइन्छ, त्यस स्थानको सम्बन्ध धातु(वीर्य)सँग हुन्छ । धातुसम्बन्धी समस्या भएका मानिसले बिहान उठ्नेबित्तिकै नाडीमा थिच्दा यस्ता समस्याबाट मुक्ति मिल्दछ । महिलाहरूले विवाहपछि यसै स्थानमा चुरा लगाउँछन् जसले प्रजनन् एवं सहनशक्ति बढाउँछ । जनैपूर्णिमाको दिनमा बाँधिएको रक्षाबन्धनलाई गाईतिहारका दिन गाईको पुच्छरमा बाँधेर मुक्तिको कामना गरिन्छ ।

यसले वैतरणी तार्छ र पुनः जन्ममृत्युको चक्रबाट मुक्ति हुन्छ भन्ने जनविश्वास छ । रक्षाबन्धनले मानिसलाई काम, क्रोध, लोभ, मोह, अहंकारलगायतका विकारबाट बचाएर मुक्तिको ढोका खुलाइदिन्छ । रक्षाबन्धनले जीवनदेखि मृत्युपर्यन्त व्यावहारिक र आध्यात्मिक महत्व राख्दछ । 

जनै हाम्रो पहिचान हो । जनैलाई वेदका मन्त्रले ऊर्जावान् बनाउँछ । वेदलाई नेपालमा नै लेखियो । जनै लगाएपछि गायत्री मन्त्रलाई जप्ने, साधना गर्ने अधिकार हुन्छ । गायत्री मन्त्रलाई विश्वामित्र ऋषिले गौरीशंकर हिमालमा साक्षात्कार गरे ।

यसकारण आर्यावर्तका मानिसलाई जनै लगाउन नेपालले नै सिकायो, हाम्रा ऋषिमुनिहरुले नै जनै बनाउन विधि पत्ता लगाए, यसैले हरेक नेपालीलाई जनै लगाउने अधिकार छ । जनै अरु धागोजस्तै भिर्न भने मिल्दैन, विधिपूर्वक लगाउनुपर्छ । जनै र रक्षाबन्धनको सम्बन्ध धर्मसँग मात्र होइन, असल एवं संस्कारयुक्त जीवन, पुर्खाको इतिहास, हाम्रो परम्परासँग जोडिएकोे हुनाले जातिविशेषले लगाउने डोर नसम्झौँ ।