२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा र पौडेलबीच बालुवाटारमा छलफल



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबिच छलफल भएको छ । पार्टीको क्रियाशील सदस्यता विवाद टुंग्याउन शनिबार साँझ प्रधानमन्त्री एवं सभापति देउवा र वरिष्ठ नेता पौडेल बालुवाटारमा छलफलमा जुटेका हुन् । 

महाधिवेशनको कार्यक्रम शुरु हुन १२ दिन मात्रै बाँकी हुँदा पनि कांग्रेसले क्रियाशील सदस्यता टुंग्याउन सकेको छैन ।

कांग्रेसले भदौ १८ मा वडा अधिवेशनको मिति तय भएपनि अहिलेसम्म निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची पाएको छैन ।

साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यतासम्बन्धी बाँकी काम टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो । भदौ २ मा सहमति गरेर भदौ ३ गते सभापतिलाई बुझाउनुपर्ने केन्द्रीय समितिको निर्णय थियो ।

क्रियाशील सदस्यताको बाँकी काम टुंग्याउने जिम्मा पाएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सहमतिको खाका तयार गरेको जनाइएको छ ।