२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा र पौडेलबीच बालुवाटारमा छलफल



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबिच छलफल भएको छ । पार्टीको क्रियाशील सदस्यता विवाद टुंग्याउन शनिबार साँझ प्रधानमन्त्री एवं सभापति देउवा र वरिष्ठ नेता पौडेल बालुवाटारमा छलफलमा जुटेका हुन् । 

महाधिवेशनको कार्यक्रम शुरु हुन १२ दिन मात्रै बाँकी हुँदा पनि कांग्रेसले क्रियाशील सदस्यता टुंग्याउन सकेको छैन ।

कांग्रेसले भदौ १८ मा वडा अधिवेशनको मिति तय भएपनि अहिलेसम्म निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची पाएको छैन ।

साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यतासम्बन्धी बाँकी काम टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो । भदौ २ मा सहमति गरेर भदौ ३ गते सभापतिलाई बुझाउनुपर्ने केन्द्रीय समितिको निर्णय थियो ।

क्रियाशील सदस्यताको बाँकी काम टुंग्याउने जिम्मा पाएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सहमतिको खाका तयार गरेको जनाइएको छ ।