२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलमलमा रहेका नेताहरू एमालेमा जादैनन् : मेटमणि चौधरी



अ+ अ-

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले नेकपा (एमाले)का दोस्रो पुस्ताका नेताहरू आफ्नो पार्टीमा आउने दावि गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता चौधरीले अहिले अलमलमा रहेका (एमाले)का दोस्रो पुस्ताका नेताहरू पाँच दिनभित्र एकीकृत समाजवादीमा आउने दावि गरेका हुन् । 

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन गर्ने तयारी अहिले निर्वाचन आयोगमा दर्ताको प्रक्रियामा छ। आयोगले एमालेबाट आएका केन्द्रीय सदस्यको सनाखत गर्न ९ भदौमा बोलाएपनि नेपाल पक्षका नेताहरू भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायत एमाले एकताका लागि भन्दै कतै लागेका छैनन्।

नयाँ पार्टी आयोगमा दर्ता हुने बित्‍तिकै उनीहरू आउने चौधरीको भनाइ छ। “बम, गोला, बारुद पड्किएको वेला निकै थोरै मान्छे मात्रै फ्रन्टलाइनमा उभिन तयार हुन्छन्, निष्कर्षमा भन्नुपर्दा अहिले एमालेका दोस्रो पुस्ताका नेताहरू पनि पाँच दिनभित्रै हामीसँग आउनुहुन्छ,” चौधरीले भने।

एकीकृत समाजवादी पार्टी छिटै सरकारमा जाने उनको भनाइ थियो। निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिए लगत्तै सरकारमा सहभागी हुने उनले बताए।

एमाले अध्यक्ष ओलीको अहंकारले नयाँ पार्टी गठन गर्न बाध्य भएको उनको भनाइ थियो। ओलीको नेतृत्वमा एमालेले मुलुकका समस्या समाधान गर्न नसक्ने भएपछि एकीकृत समाजवादी पार्टी गठन गरिएको उनले बताए।