• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo
Latest
★   एसिया कप खेलेर फर्कियो महिला टोली ★   दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री ★   धानबालीमा फेद कुहिने समस्या ★   चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए ★   म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालेपत्र ★   हामी बिरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्: अध्यक्ष नेपाल ★   विमान दुर्घटनाबारे गहन अध्ययन गर्न र मृतक परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग नेकपा एसको माग ★   सडक स्तरोन्नति सुरु भएसँगै कोदारवासी खुसी ★   डेङ्गीका बिरामी बढेपछि सङ्खुवासभाका अस्पतालमा शय्या अभाव ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक जारी

यू–२० एशियन कप छनोटः नेपालले कतारको सामना गर्दै



काठमाडौँ । बहराइनमा जारी एएफसी यू–२० एशियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमबार कतारसँग प्रतिष्पर्धा गर्दैछ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले बलियो टोली कतारको सामना गर्नेछ । नेपाल र कतारबीचको खेल राति ११ः४५ बजे शुरु हुनेछ ।

कतारबिरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा नेपालले भुटानसँग २–० गोलको हार व्यहोरेको थियो । यता, कतार भने नेपाललाई हराएर प्रतियोगिताको सुखद् शुरुवात गर्ने योजनामा हुनेछ ।

त्यसैले बलियो टोली कतारबिरुद्ध नेपाललाई सहज हुनेछैन । छनोटको समूह ’बी’ मा रहेको नेपाल र कतारले अंक जोड्न सकेको छैन । नेपाल पुछारमा रहँदा कतार चौथो स्थानमा रहेको छ ।