४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र श्रीलंका भिड्दै



अ+ अ-

काठमाडौँ । श्रीलंकामा जारी साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमवार घरेलु टोलीको सामना गर्दैछ ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले राति ८ः१५ बजे श्रीलंकाको सामना गर्न लागेको हो । नेपाल श्रीलंकालाई हराउँदै फाइनल पुग्न चाहन्छ । श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ ।

खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधवार हुनेछ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले २ खेलमा ६ अंक जोडेको थियो ।

नेपालले पहिलो खेलमा भुटानलाई २–१ ले हराएको थियो भने दोस्रो खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।