४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र श्रीलंका भिड्दै



अ+ अ-

काठमाडौँ । श्रीलंकामा जारी साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमवार घरेलु टोलीको सामना गर्दैछ ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले राति ८ः१५ बजे श्रीलंकाको सामना गर्न लागेको हो । नेपाल श्रीलंकालाई हराउँदै फाइनल पुग्न चाहन्छ । श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ ।

खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधवार हुनेछ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले २ खेलमा ६ अंक जोडेको थियो ।

नेपालले पहिलो खेलमा भुटानलाई २–१ ले हराएको थियो भने दोस्रो खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।