• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा छ – अध्यक्ष गोल्छा



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ ।

आईतवार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो । उहाँले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरु आइरहेको बताउनु भयो । उहाँले अहिलेको अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या फण्डामेन्टल भएको भन्दै अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किनको लागि केही महिना लाग्नसक्ने बताउनु भयो ।

उहाँले उद्योग व्यवसायहरु फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने बताउनु भयो । उहाँले अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकुचनमा पर्ने बताउनु भयो । अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो बिस्तार हुन नसकेको बताउनु भयो ।

अध्यक्ष गोल्छाले भन्नुभयो,‘ नेपालको अहिलेका आर्थिक स्थिति वा सूचकहरु रहेका छन् । त्यो चिन्ता लाग्दो अवस्थामा रहेको छ । विगतमा पनि अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएका थियौं । पछिल्लो अवस्था रहेको छ त्यो चिन्ता लाग्दो अवस्था नै छ । अहिलको अर्थतन्त्रमा देखिको समस्याको समाधान दीर्घकालिन मात्रै हुनसक्छ । हामी फण्डामेन्टल समस्यामा आएका छौं । अर्थतन्त्रमा देखिको समस्याबाट बाहिर आउनको लागि केही महिना लाग्छ ।

उद्योग व्यवसायहरु चलेपछि मात्रै विज्ञापन व्यवसाय बढ्ने हो । उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई पनि पराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्नेछ । जति उद्योग व्यवसाय फस्टाएर मुलुक समृद्धितर्फ जानसक्यो भने विज्ञापन बढ्ने कुरामा दुई मत छैन । अर्थतन्त्र संकुचन हुने अहिलको अवस्था रहेको छ । उद्योग व्यवसाय र विज्ञापन व्यवसाय पनि संकुचनमा रहेको छ ।

कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो बिस्तार हुन सकेको छैन । नेपालको विज्ञापन बजार करिव पौने अर्बको पुगेको छ । अवस्था सहज भएको भए आज अहिलेसम्म २० अर्बको बजार पुगेको हुने थियो । स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको छ । कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरु दर्ता भएका छन् । विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको छ । अप्रत्यक्ष रुपमा १ लाख १५ हजार भन्दा बढीले यो क्षेत्रमा जोडिएका छन् ।’

अध्यक्ष गोल्छाले नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको बताउनु भयो । उहाँले नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको बताउनु भयो । उहाँले कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरु दर्ता भएको पनि बताउनु भयो । अध्यक्ष गोल्छाले विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको बताउनु भयो ।