२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनीले ३३ गाडी बेचेको खुलासा



अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा प्रयोग  भएका ३३ वटा गाडी  आयोजना  निर्माण  कम्पनी सीएमसीले जानकारी नै नदिई बेचेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका  सूचना  अधिकारी  तथा  इन्जिनियर  राजेन्द्रप्रसाद पन्तले आयोजना सम्पन्न नगरी भागेको निर्माण कम्पनीले आफूले भुक्तानी गर्न बाँकी रहेका सहायक  निर्माण  कम्पनी  तथा  सप्लायर्सहरूलाई  ती  गाडी दिएको तर कम्पनीले त्यसबारे समितिलाई कुनै जानकारी नगराएको बताए । सीएमसीले अधिकांश गाडीहरू बिरा मोटर्सलाई दिएको छ । हाल ती गाडीहरू सीएमसीको नाममा छैनन् । 

उनले भने, “सीएमसीले बीचैमा काम छाडेर हिँडेपछि त्यसका सबै उपकरण आयोजनाको हुनुपर्दछ तर ती गाडीहरू पहिल्यै उसले अरूको जिम्मा  लगाएको  रहेछ  ।  दर्जनौँ  टिप्पर  थिए,  कम्पनीले सबै गाडी पहिल्यै व्यवस्थापन गरिसकेको पाइएको छ । मेलम्ची  खानेपानी  आयोजना  र  सीएमसीको  हिसाब  अझै  स्पष्ट  छैन  । मुद्दा  चलिरहेको  छ  ।”  समितिका अनुसार गाडी, टिप्पर र केही औजार बिरा मोटर्सले  आफ्नो  दाबी  गरेको  छ  ।  त्यसैमा  मुद्दा  परेको  छ । महालेखा  परीक्षकको  ५८औँ  वार्षिक  प्रतिवेदनअनुसार मेलम्ची खानेपानी आयोजनाले बैङ्क ग्यारेन्टी  सुविधा  उपयोग  गरी  कुल  ४५  थान  गाडी  आयात गरेको छ ।

ती गाडीमध्ये निर्माण कम्पनीले ३३ वटा बिक्री गरेको छ भने बाँकी गाडीका बारे मेलम्ची आयोजनालाई जानकारी छैन । हेडबक्स तथा सुरुङ निर्माणको सम्झौता गरेको निर्माण कम्पनीले किनेका १० वटा प्राडोसहित २७ वटा गाडी छन् । 

ती गाडीको उपयोग  र  अवस्थाबारे  कार्यालयलाई  जानकारी  नभएको उल्लेख गरी महालेखालाई समितिले विवरण दिइएको थियो ।गाडीको  प्रयोग  र  दाबीमा  विवाद  भएपछि  अदालतमा  मुद्दा  विचाराधीन  रहेको  महालेखाको  प्रतिवेदनमा  उल्लेख  छ  तर  बिरा  मोटर्सले  भने  कम्पनीसँग सम्झौता गरेर गाडी किनेको जनाएको छ । बिरा मोटर्सका प्रबन्ध निर्देशक दिनेश श्रेष्ठले भने, “एउटा मुद्दा डेढ वर्षअघि सकिएको हो । हामीले  कम्पनीसँग  गाडी  किनेका  हौँ  ।  ३३  वटा  गाडीमा २२ वटा लिई सक्यौँ ११ वटा ल्याउन बाँकी छ । ल्याउन बाँकी गाडीको हामीले दाबी गरिरहेका छौँं ।” बाँकी गाडीहरू मेलम्ची आयोजनामा रहेको उनले बताको समाचार गोरखपात्र दैनिकमा प्रकाशित छ ।