६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पाँच सातामा ४९ लाख ३५ हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई निःशुल्क खोप दिलाउने घोषणा गर्नुभएको थियो । उहाँ प्रधानमन्त्री भएयता भदौ ५ गतेसम्ममा ४९ लाख ३५ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसअघि झन्डै ३६ लाखले मात्रै कोरानाविरुद्धको खोप लगाएका थिए । अहिले खोप लगाउने सङ्ख्या ८७ लाख ७० हजार ७५४ पुगेको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३८ लाख ३५ हजार ६०८ जनाले कोरोनाको दुवै मात्रा खोप लगाएका छन् । त्यस्तै, ३९ लाख ३५ हजार ५६ जनाले पहिलो मात्रा लगाएका छन् । कोरोनाको दुवै मात्रा खोप लगाउने (भदौ ३ गतेसम्मको तथ्याङ्कअनुसार) जनसङ्ख्या १३ प्रतिशत पुगेको छ भने पहिलो मात्रा लगाउने १६ दशमलव आठ प्रतिशत छ । देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै मात्रा खोप लगाउनेको सङ्ख्या तीन दशमलव नौ प्रतिशतमात्रै थियो भने पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या नौ दशमलव एक प्रतिशतमात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको सङ्ख्या झन्डै दोब्बर पुगेको छ ।

हाल कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य सञ्चालन भइरहेको छ । विश्वविद्यालयका विद्यार्थीका साथै कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले पनि प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ । आगामी चैत मसान्तसम्म सबै जनतालाई निःशुल्क खोप दिलाउने तयारी प्रधानमन्त्री देउवाले गर्नुभएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।