६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा छ्याछ्याप्ती नक्कली नोट, यसरी थाहा पाउनुहोस् नक्कली कि सक्कली



file photo
अ+ अ-

काठमाडौं । नेपाली बजारमा नक्कली नोटको सञ्जाल बढ्दै गएको पाइएको छ । प्रहरीले पाँच वर्षको अवधिमा तीन करोड ३१ लाख रुपियाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा दुई करोड ६४ लाख ८८ हजार ६७० रुपियाँ बराबरको नक्कली नोट बरामद भएपछि यस्ता नोटका कारोबारीविरुद्ध प्रहरीले आक्रामक अभियान थालेको थियो । सो वर्षमा ३७ जना कारोबारी पक्राउ परेका थिए । तीमध्ये आठ जना विदेशी नागरिक थिए । प्रहरीले त्यस वर्ष २१ वटा मुद्दा दायर गरेको थियो ।

चाडपर्व नजिकिँदै गर्दा नेपालका प्रमुख सहरमा नक्कली नेपाली नोटका कारोबारी सक्रिय हुने गरेका छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार बितेका पाँच वर्षमा नेपालमा नक्कली नोटको कारोबार बढ्दै गएको पुष्टि हुन्छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले भारतमा छपाइ भई नेपालमा नक्कली नोट भित्रिने गरेको बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा ४० लाख ५९ हजार छ सय रुपियाँ नक्कली नोट बरामद भएको थियो । उहाँले उपभोक्तामा नक्कली नोटसम्बन्धी ज्ञानको कमी भएका कारण नै यसको कारोबार बढेको हुनसक्ने बताउनुभयो ।

प्रहरीका अनुसार पाँच वर्षमा प्रहरीले नक्कली नोटको कारोबारीमा संलग्न २५५ जनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबारमा संलग्न १७२ बटा मुद्दा प्रहरीले दायर गरेको छ । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लका अनुसार नेपालमा नक्कली नोट छाप्न भारतको जस्तो मेसिनको प्रयोग नभएकाले सामान्य फोटोकपीबाट छापेका नोटहरूकै सङ्ख्या धेरै देखिएको छ । एक वर्षअघि काठमाडौँको शान्तिनगरमा स्टेसनरीबाट नक्कली नेपाली नोट र नोट छाप्ने उपकरणसहित एक जना पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार विशेष गरी महìवकाङ्क्षी युवा सङ्गठित रूपमा नक्कली नोट छाप्नेदेखि कारोबारमा लागेका छन् । कारोबारीहरूले मुख्य गरी भीडभाडमा किनमेल गर्दा वा धेरै रुपियाँको कारोबार गर्दा बीचमा नक्कली नोट घुसाएर बजारमा पठाउने गरेको पाइन्छ ।

डीआईजी मल्लले केही वर्षअघिसम्म भारतीय नक्कली नोटको बढी चर्चा हुन्थ्यो तर अहिले नेपाली नक्कली नोटको कारोबार बढ्नु चुनौतीको विषय भएको बताउँदै यस विषयमा सुरक्षा संयन्त्र मात्र नभएर आमसर्वसाधारण पनि सचेत बन्नुपर्ने बताउनुभयो ।

नेपालमा विशेष गरेर एक हजार, पाँच सय र एक सय रुपियाँ दरका नक्कली नोटहरू बजारमा आउने गरेको प्रहरीकै रेकर्डमा छ । नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक दयाराम शर्मा पङ्गेनीले पैसाको कागज खस्रो छ कि सामान्य छ भनेर हेर्न अनुरोध गर्दै आफूलाई नोटमाथि शङ्का लागेमा नोटलाई भाँच्ने तथा पछाडिबाट लाइट बालेर पानीछाप हेर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक नोटमा सगरमाथाको फोटो राखिएको हुन्छ । सगरमाथा भएको ठाउँमा बत्ती बाल्दा बल्यो भने त्यो नोट सक्कली हो भन्ने थाहा हुन्छ ।”, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।