६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नवौं राष्ट्रिय खेलकुदः सुदूरपश्चिम विजयी

नवौं राष्ट्रिय खेलकुदः सुदूरपश्चिम विजयी
9th National Game Logo
अ+ अ-

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष राष्ट्रिय क्रिकेटमा आईतवारको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रश्तुत गरेको १ सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३१ रन बनायो । प्रदेश १ का दीपेश कडेलले सर्वाधिक ३४ रन बनाउँदा फिर्दाेस अन्सारीले ३३, सोनु मण्डलले २६ र सन्दीप ढुङ्गानाले १३ रनको पारी खेले । सुदूरपश्चिमका मिलन बोहराले दुई विकेट लिए । यस्तै, हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउद र नारायण जोशीले समान एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरा २० ओभरमा सात विकेट गुमाएर १ सय ४४ रन जोड्नसक्यो । सुदूरपश्चिमका वसन्त खत्रीले सर्वाधिक ५३ रन बनाए । वसन्तले ४० बलमा दुई चौका र चार छक्का प्रहार गरे । यस्तै मिलन बोहराले ४४ र लोकेन्द्र चन्दले २४ रनको व्यक्तिगत पारी खेले । सुदूरपश्चिम पहिलो खेलमा एनआरएनएसँग १२ रनले पराजित भएको थियो ।

वागमतीसँग भने सुदूरपश्चिमले अंक बाँडेको थियो । सुदूरपश्चिले अब भदौ २८ मा मुलपानीमा विभागीय टोली एपिएफसँग खेल्नेछ । प्रदेश १ ले पहिलो खेल वागमतीसँग वर्षाको कारण अंक बाँडेको थियो । प्रदेश १ ले एपिएफसँग पनि वर्षाको कारण बाँडेको थियो । प्रदेश १ ले सोमवार एनआरएनसँग खेल्नेछ ।

कीर्तिपुर मैदानमा आईतवारको दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले कर्णाली प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकालेको छ । ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिसले १०.४ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो । । पुलिसका ओपनर सुनिल धमलाले २४ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेल ४० बलमा ५ चौका र १ छक्का सहित ३९ रन र पवन सरार्फ १ रनमा अविजित रहे ।

कर्णालीका प्रकाश जैशीले १ विकेट लिए । यसअघि हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले १९.३ ओभरमा सबै विकेट गुमाएर मात्र ८५ रन जोडेको थियो । कर्णालीका लागि ओपनर तथा कप्तान रविन्द्र शाही र अर्का ओपनर विपिन रावलले क्रमश २७ र १७ रनको पारी खेल्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कर्णालीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशीले समान ३/३ विकेट निकाल्दा सागर ढकाल र मञ्जित श्रेष्ठको नाममा समान २/२ विकेट रह्यो ।

पुलिसले सोमवार त्रिवि मैदानमा लुम्बिनी प्रदेशसँग खेल्नेछ । कर्णालीले मंगलवार मधेस प्रदेशसँग त्रिवि क्रिकेट मैदानमा नै खेल्नेछ । यसअघि पुलिसले वर्षाको कारण मधेस प्रदेशसँग वर्षाको कारण अंक बाँडेको थियो । कर्णालीले वर्षाको कारण लुम्बिनी र त्रिभूवन आर्मी क्लवसँग अंक बाँडेको थियो ।

प्रतियोगिता अन्तर्गत आईतवार मुलपानीमा तय भएको एनआरएनए स्पोर्टस एकेडेमी र वागमती प्रदेश तथा गण्डाकी र लुम्बिनी प्रदेशबीचका दुवै खेल रद्ध भएका छन् । मुलपानी क्रिकेट मैदान ओसिलो भएकाले खेल रद्द भएको हो ।