९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

एसिड पीडितको हकहितमा काम गर्ने जलन फाउण्डेशनले प्रथम जलन सचेतना सप्ताहको आयोजना गर्ने

एसिड पीडितको हकहितमा काम गर्ने जलन फाउण्डेशनले प्रथम जलन सचेतना सप्ताहको आयोजना गर्ने
अ अ+ अ-

काठमाडौं, २६ भदौ । एसिड आक्रमणमा परेका पीडितहरुको हकहितमा काम गर्दै आएको नेपाल जलन फाउण्डेशनले प्रथम जलन सचेतना सप्ताहको आयोजना गर्ने भएको छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर आगामी असोज १ देखि ७ गतेसम्म आयोजना गरिएको सप्ताहव्यापी जलन सचेतना कार्यक्रमबारे जानकारी दिएको हो ।

सचेतना कार्यक्रमको उद्देश्य सर्वसाधारणमा जलनको विहंगम स्थितीबारे जानकारी छर्नु रहेको संस्थाले जनाएको छ ।

संस्थाले असोज १ गते बिहान ८ बजेदेखि १० बजेसम्म भृकुटीमण्डपबाट शुरु गरी बसन्तपुर, हनुमानढोका पुग्ने र सोही स्थानमा कोणसभा गर्ने भएको छ । त्यस्तै, २ गते बिहान २ घण्टा विभिन्न निकाय र संघसस्थासँग द्धारिका होटलमा अन्तरक्रिया र छलफल कार्यक्रमको आयोजना गरेको छ ।

यसैगरी, ३ गते विभिन्न स्थानहरुमा रक्तदान तथा छालादान र सचेतना सम्बन्धि कार्यक्रम राखेको छ। ४ गते एलआरआई स्कुल कलंकीमा वक्तृत्वकला प्रतियोगिता, ५ गते संस्थाले विभिन्न सरोकारवाला निकाय, संघसंस्थाहरुमा अवधारणापत्र बुझाउने कार्यक्रम तय गरेको छ । त्यस्तै, ६ गते प्राथमिक उपचार दिवसको अवसरमा गोष्ठी र अन्तिम दिन ७ गते जलनबाट ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा वर्षेनी कम्तीमा ५६ हजार नेपालीले जलनको समस्या झेल्नु परेको र २१ हजार जना भन्दा बढीले ज्यान गुमाउने संस्थाको दाबी छ । यो समस्या नेपालमा मात्रै नभएर सम्पुर्ण निम्न तथा माध्यम आय भएका सबै देशको र विशेष गरी दक्षिण–पुर्व एशियाकै ठुलो समस्याको रुपमा देखिएको छ ।

संस्थाले जलनका बिरामीहरुको उपचार गर्न धेरै ठुलो समुहको आवश्यकता पर्ने उल्लेख गर्दै नर्स, फिजियोथेरापीष्ट, पोषण विशेषज्ञ, मनोविशेषज्ञ र समाजसेवी उपचारमा अभिन्न अंग हुनुपर्ने माग गरेको छ ।

संस्थाका अध्यक्ष डा.पियुष दाहालले चट्यान लागेर, पोलेर, जलेर, करेन्ट लागेर तथा एसिड जस्ता रसायन पदार्थबाट हुने समस्याहरु जलन भित्र पर्ने बताएका छन् ।

उनले जनलका कारण वर्षेनी ५० हजार भन्दा बढी व्यक्तिहरु घाइते हुने गरेको तथ्यांक सुनाए । उनले भने,“घाइतेहरु मध्ये २ हजार जना बढीले वर्षेनी ज्यान गुमाउँछन् ।” जलन हुनेहरुमा महिला तथा बालबालिकाको संख्या अत्यधिक रहेको उनको भनाइ थियो ।

उनले त्यसमा पनि न्यनु आय भएका वर्गहरु यस्ता घटनाबाट बढी प्रभावित हुने टिप्पणी गरे । उनले भने,“देशमा जसरी क्षयरोग, एचआइभी एड्स, मलेरियाबाट मृत्यु हुने गर्छ त्यो भन्दा बढी जलेर घाइते हुनेहरु बढी प्रभावित हुने गर्छन् ।’ रकम अभाव भई न्युन आय भएका व्यक्तिहरुले उपचारमा पनि दुःख पाउने उनले उल्लेख गरे । “अरुले भन्दा तीनीहरुले उपचारको अभाव, दुःख पीडा धेरै भोगेका हुन्छन् ।”, उनले भने ।

दाहालले विद्युतिय कारणले पनि वर्षेनी धेरैले ज्यान गुमाउने बताए । करेन्ट लागेर केहीको मृत्यु हुने र अंगभंग हुने जस्ता किसिमका समस्या हुने उनले उल्लेख गरे । एसिडले घाइते बनाएको आज मात्र नभएर धेरै पहिला देखिनै भएको जानकारी भएको उल्लेख गर्दै नियन्त्रण गर्न नसकिएको भन्दै उनले गुनासो पोखे । संस्थाका महासचिव डा.किरण नकर्मीले प्रेव विज्ञप्ती वाचन गरेर सुनाएका थिए ।