२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगियो, देउवालाई प्रतिवदेन बुझाइँदै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका नेताहरुले विवाद समाधान भएको दावि गरेका छन् । 

विवाद समाधानको जिम्मा लिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका विवाद टुंगिएको दाबी गरेका हुन् । 

भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी पाएका उनीहरूले शनिबार बेलुकी विवाद टुंग्याएको जनाएका छन् । विवाद समाधान  प्रतिवेदन आज अपराह्न ५ बजे सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी भएको छ ।

बारा, सप्तरीलगायत छ जिल्लासहित एक सय वडामा रहेको  क्रियाशील सदस्यताका विवाद सहमति टुंग्याइएको नेता रमेश लेखकले जानकारी दिए ।

क्रियाशील सदस्यता विवादकै कारण पटकरपटक सारिएको कांग्रेसको महाधिवेशन मंसिर ९(१३ गतेसम्म गर्ने तय भएको छ ।