३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीका किसान ‘बालुवा खेती’मा आकर्षित (भिडियो)



अ+ अ-

सुनसरी । सुनसरीका किसानहरु बालुवामा उब्जने खेतीमा आकर्षित भएका छन । अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका हुन । उनको दैनिकी र लक्ष्य भनेकै कोशीको बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु हो । कोशी गाउँपालिका वडा नम्बर ५ कुम्याही, हुर्कीटोल घर भएका अली बालुवामा खेती गर्ने नमूना कृषक समेत हुन । उनले यस अघिका बाली भने उठाई सकेका छन । मनग्यै आम्दानी गर्दै आएका अलीले यतिबेला १२ बिगाह भन्दाबढी बालुवामा मौसमी खेती लगायतका विभिन्न बाली लगाएका छन ।

गाउँपालिकाको सहयोगमा राजस्थान समेतको भ्रमण गरी सिकेको ज्ञानलाई व्यवहारमा उतारेका अलि यतिबेला कागती खेतीसँगै अन्य बाली उब्जाउको क्रममा छन । अलीले बालुवामा लगाएको बालीमा डिप बोरिङ र थोपा सिँचाईको माध्यमबाट पानीको प्रबन्ध मिलाएका छन । जलकुम्भी लगायतका झारपात कुहाएर प्राङगारिक मल बनाइएको छ । बालुवालाई उब्जाउ योग्य बनाउन बाहिरबाट माटो ल्याएर लेबलिङ गरी अलीले खेती गरेका छन ।

कृषि पेशालाई निरन्तरता दिएका अली आधुनिक खेती थालेसँगै आम्दानी समेत मनग्यै कमाएको बताउँछन । उनी भन्छन, “घर खर्च मज्जाले चल्छ । पहिला एउटा ट्याक्टर थियो । अहिले तीनटा भैसक्यो । राम्रो आम्दानी छ ।”अलीसँगै उनका छोरा समेत यही पेशामा छन । ६ वर्ष बिदेशमा श्रम गरेका समी उल्लाह दुःख र कष्ट सहनु परेको र कमाई समेत राम्रो नभएपछि घर फर्किएका छन । उनी समेत बाबुले धानेको पेशामा मनग्यै कमाई देखेपछि खेती किसानीमै रमेका छन ।

कोशी गाउँपालिकामा ३३ सय विगाह जग्गा बालुवा जमिन छ । सप्तकोशीको बाढीले बालुवामा परिणत गरेको बन्जर जमिनलाई गाउँपालिकाले लेवलिङ गर्ने देखि किसानकालागि राहत प्याकेजका काममा सघाउदै आएको छ । विदेशमा कष्ट सहेर काम गरिरहेकाहरुका लागि सुनसरीको कोशी गाउँपालिकाका यी बाबु र छोराको लगन र परिश्रम पक्कै उदाहरणीय बन्न सक्छ ।