२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

आम्दानीको स्रोत बन्दै बोयर बोका र बाख्रा

आम्दानीको स्रोत बन्दै बोयर बोका र बाख्रा
अ अ+ अ-

डोटी । पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले  यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् ।

चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले अहिले जिल्लामा बोयर बाख्रापालनमा किसान आर्कषित हुन थालेका हुन् । रुपसकाँडासहित जिल्ला सदरमुकाम सिलगढीलगायत यहाँका अन्य स्थानीय तहका ग्रामीण क्षेत्रमा बाख्रापालन गर्नेको सङ्ख्या बढ्दै गएको शिखर नगरपालिका–१ का केशबबहादुर भुलले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय जातका बाख्राभन्दा बोयर बाख्रा चाँडो फस्टाउने र आम्दानी पनि राम्रै हुने भएकाले प्रायः सबैको रोजाइमा परेको हो ।”

रुपसकाँडामा बोयर बाख्रापालन गर्नका लागि स्रोत केन्द्र स्थापना गरिएपछि त्यहाँ पालिएका बोयर बोका, बाख्रा बिक्री–वितरणले किसानको आम्दानी हुन थालेको हो । ग्लोबल एग्रिकल्चर एण्ड फुड सेक्युरिटी कार्यक्रमले बहुदाताहरुको सहयोगमा सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना जिल्ला पशु सेवा कार्यलय सिलगढी डोटीमार्फत करिब १० वर्ष पहिले रुपसकाँडामा केन्द्र स्थापना गरेको थियो । बोयर बाख्रा बिक्री वितरणले किसानको मनग्य आम्दानी हुन थालेको बोयर बाख्रापालक किसान कर्ण सिजालीले जानकारी दिनुभयो ।

यहाँका बाख्रापालक किसानको उत्पादन र उत्पादकत्व बढाई आयआर्जनमा वृद्धि गर्दै पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले स्थापना गरिएको उक्त बोयर बाख्रा केन्द्रमा अहिले बोयर बोका तथा बाख्रा किन्नेको निकै घुइँचो लाग्ने गरेको स्थानीयवासी भरत कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “बोयर स्रोत केन्द्रमा थुप्रै बायर बाख्रा तथा बोका पालिएका छन्, विभिन्न क्षेत्रबाट किन्न आउने ग्राहकको भीड लाग्छ, किसानको पनि आम्दानी हुन थालेको छ ।”

उक्त स्रोत केन्द्रमा विश्व कृषि तथा खाद्य सङ्गठन ९एफएओ०मार्फत अष्ट्रेलियाबाट आयातित १३ शुद्ध नश्लका बोयर जातका प्रजनन बोका वितरण गरेका थियो । अहिले दैनिक बोयर बोका तथा बाख्रा बिक्री हुन थालेपछि यहाँका किसान पनि निकै खुशी भएको बुडरका स्थानीयवासी चक्रबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न सङघसंस्थाका व्यक्तिसहित अन्य गाउँका नागरिकहरू बोका, बाख्रा किन्न आउने गरेका छन्, अहिले त सबैले गाउँभरिमा बोयर बाख्रा मात्रै पाल्ने गरेका छन् ।” 

स्थानीय जातका खसी बोकाको तुलनामा बोयर जातका खसी बोकाको राम्रो उत्पादन र उत्पादकत्व भएकाले यहाँका पहाडी जिल्लामा बोयर जातको प्रजनन बोकाको माग अत्यधिक रहेको मत्स्य विकास तथा पशुपक्षी विकास प्रदेश कार्यालय दिपायल राजपुरका प्राविधिक गणेश धामीले बताउनुभयो । 

किसानका अनुसार बोयर जातका बोकाको बजार मूल्य जिउँदो रु ८०० केजी छ । आम्दानी पनि हुने तथा चाँडो फस्टाउने भएकाले पनि पछिल्लो समय यहाँका किसान प्रजनन बोयर बोकापालनमा आकर्षित हुन थालेको जोरायल–२ बुडरका स्थानीयवासी विजय गाहामगरले बताउनुभयो । 

रुपसकाँडाका बोयर बोकाले नै केही समयपछि मासुका लागि डोटी सक्षम हुने यहाँका बोयर बाख्रापालक किसानको दाबी छ । तत्कालीन जिल्ला पशु सेवा कार्यालय सिलगढीबाट कूल २३२ क्रस बोयर प्रजनन जाँतका बोका यहाँका अन्य पहाडी जिल्ला अछाम, दार्चुला, बैतडीका विभिन्न समूहमा बिक्री वितरण गरिएको थियो । वितरण गरिएका ठाउँ मध्य डोटी जिल्लाको अन्य ठाउँभन्दा रुपसकाँडामा भने यो व्यवसाय निकै फस्टाएको र अन्य ठाउँमा पनि क्रमिकरूपमा फस्टाउँदै जान थालेको जानकारी आएको मत्स्य विकास तथा पशुपक्षी विकास प्रदेश कार्यालय दिपायल राजपुरले जनाएको छ ।