२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो रहनेछ आजको मौसम



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल आज मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । 

महाशाखाले आइतबार बिहान काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र प्रदेश १ अधिकांश स्थानमा बिहानैदेखि पानी परिरहेको जनाएको छ। 

मौसमविद समीर श्रेष्ठका अनुसार दिउँसो देशभरको मौसम पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्ययम खालको पानी पर्ने बताए । 

आइतबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको स्मभावना रहेको छ । राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

प्रदेश १,  बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ ।