२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकै पोलेर वा उसिनेर किन खाने ? यस्ता छन् फाईदाहरु



अ+ अ-

काठमाडौं । मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइने भएकाले गर्मीमा पोलेर अथवा उसिनेर खानेले निकै फलदायी हुने गरेको छ । जसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउनुका साथै यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ। मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ।

गोलभेँडामा लाइसोपेन नामक तत्व पाइन्छ। यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ।

अर्को एउटा अनुसन्धानले एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पुर्‍याउने जोखिम ५० प्रतिशत कम भएको पत्तालगाएको थियो।

शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने मुड ठीक नहुने समस्या हुन्छ। गर्मीमा पिसाब र पसिनामार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजाजस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ। खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ। खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खानाले मोटाइएला भन्ने चिन्ता पनि हुँदैन।

गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ। शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन। गर्मीमा यसतर्फ अझ चनाखो रहनुपर्छ। यसका लागि प्रतिदिन न्युनतम तीन लिटर पानी पिउने गर्नुपर्छ।

खानामा हरेक दिन दही समावेश गर्नु गर्मीमा ज्यादै उपयोगी हुन्छ। यसले शरीरलाई शीतल राख्ने गर्छ। साथै, शरीरलाई डिहाइड्रेट हुनबाट समेत जोगाउँछ।

काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन्। जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन्। साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन्। काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन। तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ।

–एजेन्सी