२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच सय बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २२ पुग्यो



अ+ अ-

काठमाडौं । देशभर  पाँच सय बढी सक्रिय संक्रमित रहेको जिल्लाको संख्या २२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ प्रदेशका २२ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । 

मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ को ३, बागमतीको ९, गण्डकीको ६, लुम्बिनीको २, कर्णाली र सुदूरपश्चिमको एक÷एक वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्। 

प्रदेश १ को झापा, मोरङ र सुनसरी, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशको गोरखा, नवलपरासी पूर्व, कास्की, बागलुङ, स्याङजा र तनहुँ, लुम्बिनीको दाङ र रुपन्देही, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

यस्तै मन्त्रालयका अनुसार १७ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा धनकुटा, इलाम, धनुषा, बारा, सप्तरी, सिरहा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कञ्चनपुर छन्।