२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच सय बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २२ पुग्यो



अ+ अ-

काठमाडौं । देशभर  पाँच सय बढी सक्रिय संक्रमित रहेको जिल्लाको संख्या २२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ प्रदेशका २२ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । 

मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ को ३, बागमतीको ९, गण्डकीको ६, लुम्बिनीको २, कर्णाली र सुदूरपश्चिमको एक÷एक वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्। 

प्रदेश १ को झापा, मोरङ र सुनसरी, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशको गोरखा, नवलपरासी पूर्व, कास्की, बागलुङ, स्याङजा र तनहुँ, लुम्बिनीको दाङ र रुपन्देही, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

यस्तै मन्त्रालयका अनुसार १७ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा धनकुटा, इलाम, धनुषा, बारा, सप्तरी, सिरहा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कञ्चनपुर छन्।