५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–२० एसियन कप छनोटः भुटानसँग नेपाल पराजित



अ+ अ-

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित भएको छ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल भुटानसँग २–० गोलले स्तब्ध बनेको हो । भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४७ औं मिनेटमा कर्मा टासीले गोल गर्दै भुटानलाई २–० को जित दिलाए ।

खेलको इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै भुटानले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । तर, नेपालले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन् । अब नेपालले दोस्रो खेल अन्तर्गत बलियो टोली कतारसँग सोमबार खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा छनोट हुनेछ ।