२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन ओरालो लाग्यो सुनचाँदीको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सु्न चाँदीको मुल्य ओरालो लागेको छ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य साताको पहिलो दिन आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो । 

आइतबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार ९० हजार ७०० रुपैयामा कारोबार भएको   तेजाबी सुन आज ३०० सय ओरालो लागेको छ । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम गरिएको छ । 

यस्तै शुक्रबार चाँदी प्रतितोला एक हजार दुईमा कारोबार भएको थियो भने साताको पहिलो दिन आज १५ रुपैयाँले घट्दै एक हजार १८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।