२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतका नयाँ राजाको पहिलो सम्बोधनः जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता



अ+ अ-

एजेन्सी । बेलायतका नयाँ राजा चाल्र्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गर्नुभएको छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गर्नुभएको छ ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उहाँका जेठा छोरा चाल्र्स तृतीयले राजाको जिम्मेवारी पाउनुभएको हो ।

राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उहाँले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुखी रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले आफ्नी आमालाई आफु र आफ्नो परिवारका लागि प्रेरणा र उदाहरणको पात्रका रूपमा चित्रित गर्दै उहाँको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी आफू पनि ऋणी रहेको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, “महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुःख छ ।”

अहिले आफूहरूसँगै बेलायतका बासिन्दा, उहाँ राष्ट्रप्रमुख रहेका सबै देशहरू, राष्ट्रमण्डल र विश्वभरका शुभेच्छुकहरू पनि दुखी रहेको राजा चाल्र्सले सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

“मेरी आमाले ७० वर्षभन्दा लामो समयदेखि यति धेरै देशका मानिसको सेवा गरेकोमा हामी उहाँप्रति पनि कृतज्ञता प्रकट गर्न चाहन्छौँ,” उहाँले भन्नुभएको छ ।

एक शासकका रूपमा महारानी एलिजावेथ द्वितीयको समर्पण र प्रतिबद्धतामा जीवनभरी कहिल्यै कम नभएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

राजनीतिक तथा पारिवारिक जीवनमा आएका उथलपुथल, खुशी, दुःख, समस्या आदि कुनै पनि बेला उहाँ विचलित नहुनु भएको राजा चाल्र्सले स्मरण गर्नुभएको छ ।

उहाँले राजगद्दीको जिम्मेवारी सम्हालेदेखिको ७० वर्षको दौरानमा समाज, विविध संस्कृति र विश्वासमा परिवर्तन भएपनि त्यसको सामना गर्नु ठूलो चुनौतीका रूपमा राजा चाल्र्सले उल्लेख गर्नुभएको छ ।