• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   क्रिस्टल प्यालेससँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार ★   सूर्यकुमारको शतकमा मुम्बईले हैदरावादलाई हरायो ★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

प्रतिनिधिसभाको बैठक स्थगित



प्रतिनिधिसभा बैठक

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका सरेको छ । आज दिउँसो १ बजे बस्ने तय भएको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिनुभयो । “भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरिएको छ” सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने तय गरिएको छ ।