२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा छन् कि एमालेमा ? यसो भन्छ सचिवालय



अ+ अ-

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको तस्बिर माधव कुमार नेपाल र झलनाथ खनालसँगै राखिएपछि गौतमको सचिवालयले आपत्ति जनाएको छ ।

नेता गौतम अहिले पनि एमालेमा नै रहेको प्रस्ट पार्दै उनको सचिवालयले सञ्चार माध्यममा आएका समाचारप्रति आपत्ति जनाएको हो । गौतमका स्वकीय सचिव दिपक टमटाले आइतरबार एक विज्ञप्ति जारी गर्दै फोटोसहित गौतमको चर्चा गर्नु चरित्र हत्या गर्नुबाहेक केही नभएको उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, –‘आजकल केही दिन देखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन ।’

नेता गौतम अहिलेसम्म एमालेमा नै रहेको र गौतमले नेतृत्वको कार्यशैलीप्रति मतभेद राख्दै आएको समेत सचिवालयले प्रस्ट पारेको छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेता नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि एकता अभियान चलाइरहेका नेता गौतम नेपाल नेतृत्वको नयाँ पार्टीमा आबद्ध भएको भन्ने चर्चा चलिरहेको छ ।