२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा छन् कि एमालेमा ? यसो भन्छ सचिवालय



अ+ अ-

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको तस्बिर माधव कुमार नेपाल र झलनाथ खनालसँगै राखिएपछि गौतमको सचिवालयले आपत्ति जनाएको छ ।

नेता गौतम अहिले पनि एमालेमा नै रहेको प्रस्ट पार्दै उनको सचिवालयले सञ्चार माध्यममा आएका समाचारप्रति आपत्ति जनाएको हो । गौतमका स्वकीय सचिव दिपक टमटाले आइतरबार एक विज्ञप्ति जारी गर्दै फोटोसहित गौतमको चर्चा गर्नु चरित्र हत्या गर्नुबाहेक केही नभएको उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, –‘आजकल केही दिन देखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन ।’

नेता गौतम अहिलेसम्म एमालेमा नै रहेको र गौतमले नेतृत्वको कार्यशैलीप्रति मतभेद राख्दै आएको समेत सचिवालयले प्रस्ट पारेको छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेता नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि एकता अभियान चलाइरहेका नेता गौतम नेपाल नेतृत्वको नयाँ पार्टीमा आबद्ध भएको भन्ने चर्चा चलिरहेको छ ।