२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण कार्य सम्पन्न नभएपछि हिलाम्य सडकमा यसरी फस्यो ट्रक



अ+ अ-

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका जोड्ने सरखण्डे–यासोक सडकमा बर्खामा परेको पानी जमेर सडकमा बनेको आहालमा  ट्रक फसेको छ। 

गत असारमा कालोपत्रे निर्माण कार्य पूरा हुनुपर्ने ११ किलोमिटरको यो सडक निर्माण कार्य पूरा नहुँदा यात्रुहरुले सास्ती भोग्नु परेको हो ।

समयमा  गत असारमा निर्माण कार्य पूरा हुनुपर्ने सडकको भौतिक प्रगति हालसम्म ४५ प्रतिशत मात्रै छ । 

निर्माण कार्य सम्पन्न नभएपछि बर्खा याममा स्थानीयवासीले कष्ठकर जीवन बिताउँदै आएका छन् ।

(तस्वीर: राजेन्द्र काफ्ले, रासस)