२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा समाजवादीको पोल्टामा ६ मन्त्रालय !



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट विभाजित भई नयाँ दल गठित माधव नेपाल पक्षले सरकारमा माओवादी बराबरकै हैसियतमा सहभागिता पाउने भएको छ । 

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट लगभग टुंगो लागेको छ ।

स्रोतका अनुसार माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने भएको छ । ५ मन्त्रालयसहित एकजना राज्यमन्त्री सो पार्टीले पाउने भएका हुन् । 

दल दर्ताको प्रक्रिया टुंगिएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउँदैछ । 

साबिक एमाले स्थायी कमिटी सदस्यबाट सरकारको नेतृत्व  मुकुन्द न्यौपाने र बेदुराम भुसालले गर्ने सम्भावना रहेको छ  । न्यौपाने प्रतिनिधिसभामा समानुपातिक सांसद हुने भने भुसाल राष्ट्रियसभा सदस्य । भुसाल अहिलेसम्म मन्त्री भएका छैनन्, न्यौपाने पूर्वमन्त्री हुन् ।

यी दुई नेता बाहेक बाँकी ४ र एक राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगभग निश्चित छ ।

जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जनमध्ये एकजना मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये एकजनाले मौका पाउने सम्भावना रहेको नेपालनिकट स्रोतले जनाएको छ ।

माधव नेपाललाई पार्टी विभाजनमा साथ दिएका लगभग सबै सांसदलाई सरकार पूरा अवधि चल्दा पालो गरेर मन्त्री बनाउने अनौपचारिक समझदारी बनेको बताइएको छ ।