२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको एक गेष्टहाउसमा बम भेटियो



अ+ अ-

भक्तपुर । भक्तपुरको एक गेष्ट हाउसमा बम फेला परेको छ ।

मध्यपुर ठिमी नगरपालिका वडा नं ४ मा शिवशरण भुजुले संचालन गरेको दिब्येश्वरी गेष्ट हाउसको पहिलो तलाको एउटा कोठामा पुरानो कुकरमा नाङ्गो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद् वस्तु फेला परेको हो ।

गेष्ट हाउसको ११० नं. को कोठामा बुद्ध चित्रको माला बेच्न बसेका काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं. २ डाडाँगाउ स्थायी घर भएका वर्ष ३२ का नबिन तामाङ घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।