२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीको माग गर्दै ज्ञापनपत्र



अ+ अ-

गलकोट । बागलुङ नगरपालिकाको बजार क्षेत्रमा खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाको कार्यालयमा खानेपानीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । संस्थाले वितरण गरेको पानी धमिलो, अशुद्ध र खानयोग्य नभएको नागरिकको गुनासो छ भने परीक्षणका क्रममा समेत खानेपानीमा कोलिफर्म भेटिँदै आएको बताइएको छ ।

बागलुङ बजारमा वितरण गर्दै आएको पानी अशुद्ध भएको, आम नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको र संस्थाको आर्थिक प्रणाली अपारदर्शी भएको जनाउँदै राष्ट्रिय युवा सङ्घ नेपाल बागलुङ नगर कमिटीले कार्यालयको अध्यक्ष र प्रबन्धक समक्ष ज्ञापनपत्र बुझाएको छ ।

बुझ्दै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले मागअनुसारको खानेपानी आपूर्ति गर्न नसकिएको र मङ्सिरपछि मात्रै नागरिकको धारोमा शुद्धीकरण गरेको पानी पठाउन सक्ने बताउनुभयो ।

उहाँले बृहत् लिफ्ट आयोजना सम्पन्न नहुँदासम्म नगरपालिकाले मागअनुसारको पानी पठाउन नसक्ने जनाउँदै पानीको शुद्धीकरणका लागि सक्दो पहल भइरहेको र छिट्टै अधिवेशन गर्ने बताउनुभयो ।