२७ भाद्र २०८३, शनिबार
,
Latest
पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत भोटेकोशी बाढीः जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी देशका समस्या र जनताका एजेण्डाले अग्रगामी मोर्चा बन्योः जनार्दन शर्मा सरकारको गलत काम रोक्न नयाँ राजनीतिक मोर्चाः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा डीएनए कोरोना खोपले पायो अनुमति



अ+ अ-

एजेन्सी । भारतमा विश्वको पहिलो डीएनए कोरोना खोपले अनुमति पाएको छ ।

भारतीय खोप नियामकले खोप निर्माता काडिला हेल्थकेयरले निर्माण गरेको जीकोभ–डी खोपलाई अनुमति दिएको हो । 

कम्पनीले सार्वजनिक गरेको आन्तरिक अध्ययनको नतिजा अनुसार संक्रमण नियन्त्रणको लागि यो खोप ६६ प्रतिशत प्रभावकारी पाइएको छ ।

भारतीय कम्पनी काडिला हेल्थकेयरले वार्षिक रुपमा १२ करोड डोज कोरोना खोप उत्पादन गरिने बताएको छ । भारतीय कम्पनीले विकास गरेको यो दोस्रो कोरोना खोप रहेको छ । 

भारतमा अहिलेसम्म ५७ करोड डोज कोरोना खोप लगाइएको तथ्यांक छ । भारतले कोभिशिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी गरी तीनवटा कोरोना खोपलाई अनुमति दिएको छ । 

डीएनए खोप आरएनए तथा एमआरएनए खोपको तुलनामा सस्तो, सुरक्षित र स्थिर हुने वैज्ञानिकहरुको दावी छ ।