२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा डीएनए कोरोना खोपले पायो अनुमति



अ+ अ-

एजेन्सी । भारतमा विश्वको पहिलो डीएनए कोरोना खोपले अनुमति पाएको छ ।

भारतीय खोप नियामकले खोप निर्माता काडिला हेल्थकेयरले निर्माण गरेको जीकोभ–डी खोपलाई अनुमति दिएको हो । 

कम्पनीले सार्वजनिक गरेको आन्तरिक अध्ययनको नतिजा अनुसार संक्रमण नियन्त्रणको लागि यो खोप ६६ प्रतिशत प्रभावकारी पाइएको छ ।

भारतीय कम्पनी काडिला हेल्थकेयरले वार्षिक रुपमा १२ करोड डोज कोरोना खोप उत्पादन गरिने बताएको छ । भारतीय कम्पनीले विकास गरेको यो दोस्रो कोरोना खोप रहेको छ । 

भारतमा अहिलेसम्म ५७ करोड डोज कोरोना खोप लगाइएको तथ्यांक छ । भारतले कोभिशिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी गरी तीनवटा कोरोना खोपलाई अनुमति दिएको छ । 

डीएनए खोप आरएनए तथा एमआरएनए खोपको तुलनामा सस्तो, सुरक्षित र स्थिर हुने वैज्ञानिकहरुको दावी छ ।