५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

उद्धारमा खटिएको अमेरिकी विमानमा एक अफगान महिलाले जन्माइन् बच्चा !

उद्धारमा खटिएको अमेरिकी विमानमा एक अफगान महिलाले जन्माइन् बच्चा !
अ+ अ-

एजेन्सी । एक अफगान महिलाले उद्धारका लागि परिचालन गरिएको अमेरिकी उडानका क्रममा जर्मनीमा बच्चा जन्माएकी छन्।

आइतवार सामाजिक सञ्जाल ट्विटरमा यूएस एअर मोबीलीटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पीडा सुरु भएको जनाएको छ।

उनको अवस्था जटिल हुँदै गएपछि विमानका कमान्डरले "विमानमा हावाको चाप बढाउनका लागि उडानको उचाइ कम गर्ने निर्णय गरे जसले उनलाई स्थिर बनाउन र आमाको ज्यान बचाउन मद्दत गर्‍यो।"

जर्मनीको विमान अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आइपुग्यो र बच्चा जन्माउन सहयोग गर्‍यो। बच्चा र आमा दुवैको अवस्था राम्रो रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ।

तालिबानले नियन्त्रणमा लिएको काबुलको अवस्था अस्थिर रहेको बताइएको छ। यूकेको रक्षा मन्त्रालयले अफगानिस्तान छोडेर भाग्न चाहनेहरूको सङ्ख्या बढेसँगै विमानस्थल बाहिर भएको भिडभाडमा सात जना अफगानको मृत्यु भएको जनाएको छ।

"त्यहाँको वस्तुस्थिति निकै चुनौतीपूर्ण छ तर हामी स्थितिलाई सकेसम्म सुरक्षित रूपमा व्यवस्थापन गर्न सक्दो प्रयास गरिरहेका छौँ," एक प्रवक्ताले विज्ञप्तिमार्फत् भनेका छन्।

उद्धारमा जुटेका विमानहरूको सुरक्षार्थ काबुलस्थित हामिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थल ४,५०० अमेरिकी सैनिकको अस्थायी पकडमा छ। त्यहाँ ब्रिटेनका पनि ९०० सेना परिचालित छन्।

तालिबान लडाकुहरूले विमानस्थल वरपरका स्थानहरूमा चेकजाँच गरिरहेका छन् र यात्रासम्बन्धी कागजात नभएका अफगानहरूलाई विमानस्थल जानबाट रोकिरहेका छन्।