काठमाडौँ । चिनी मिलहरूले उखु किसानको रकम भुक्तानी नगरेकोमा आपत्ति जनाउँदै ६ किसान संगठनहरूले किसानहरुलाई एकमुष्ट रकम प्रदान गर्न माग गरेका छन् ।
संगठनले आइतबार संयुक्त वक्तव्य निकाल्दै किसानहरूले चिनी मिल र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानीबापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (ब्याज तथा हर्जाना समेत) एकमुष्ट रुपमा प्रदान गर्न दबाद दिएका हुन् ।
यस्तै उनीहरुले सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्नरगराउन माग समेत अघि सारेका छन् । किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा कडा संघर्षमा उत्रने संगठनको चेतावनी रहेको छ ।