२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु किसानको रकम एकमुष्ट प्रदान गर्न किसान संगठनको माग (विज्ञप्तीसहित)



अ+ अ-

काठमाडौँ । चिनी मिलहरूले उखु किसानको रकम भुक्तानी नगरेकोमा आपत्ति जनाउँदै ६ किसान संगठनहरूले किसानहरुलाई एकमुष्ट रकम प्रदान गर्न माग गरेका छन् ।

संगठनले आइतबार संयुक्त वक्तव्य निकाल्दै किसानहरूले चिनी मिल र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानीबापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (ब्याज तथा हर्जाना समेत) एकमुष्ट रुपमा प्रदान गर्न दबाद दिएका हुन् ।

यस्तै उनीहरुले सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्नरगराउन माग समेत अघि सारेका छन्  । किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा कडा संघर्षमा उत्रने संगठनको चेतावनी रहेको छ ।