२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु किसानको रकम एकमुष्ट प्रदान गर्न किसान संगठनको माग (विज्ञप्तीसहित)



अ+ अ-

काठमाडौँ । चिनी मिलहरूले उखु किसानको रकम भुक्तानी नगरेकोमा आपत्ति जनाउँदै ६ किसान संगठनहरूले किसानहरुलाई एकमुष्ट रकम प्रदान गर्न माग गरेका छन् ।

संगठनले आइतबार संयुक्त वक्तव्य निकाल्दै किसानहरूले चिनी मिल र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानीबापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (ब्याज तथा हर्जाना समेत) एकमुष्ट रुपमा प्रदान गर्न दबाद दिएका हुन् ।

यस्तै उनीहरुले सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्नरगराउन माग समेत अघि सारेका छन्  । किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा कडा संघर्षमा उत्रने संगठनको चेतावनी रहेको छ ।