२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र केजी गाँजासहित एक पक्राउ



अ+ अ-

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ । अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत उनलाई आफ्नै घरबाट गएराति १५ किलोग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

राईले प्रतिबन्धित लागुऔषध गाँजा घरमा लुकाइ राखेको भन्ने प्राप्त सूचनाका आधारमा खटिएको टोलीले उनको घर खानतलासी गर्दा सो परिमाणको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो । पक्राउ परेको राईविरुद्ध आज लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार राई लामो समयदेखि हलेसी क्षेत्रमा अवैध रुपमा गाँजाको कारोवार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

यसअघि गत चैत ४ गते हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीस्थित राटमाटेका केवी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो । प्रहरीका अनुसार गाँजा कारोवारमा संलग्न रहेका राई हाल फरार रहेका छन् । 

यसैबीच, भरुवा बन्दुकसहित शनिबार एक युवकलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपलिका–७ हलेसीस्थित ऐँसेलुखर्कका ३७ वर्षीय खगेन्द्र राई रहेका छन् । राईले घरमा भरुवा बन्दुक लुकाइ राखेको प्राप्त सूचनाका आधारमा उनलाई पक्राउ गरेको र उनीविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दश स्थानीय तह रहेको जिल्लामा स्थानीय प्रशासनले अवैध हातहतियारमुक्त अभियानसमेत शुरु गरेको छ । सो अभियानअन्तर्गत गत बिहीबार ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीबाट १७ थान भरुवा बन्दुक सङ्कलन गरेको थियो ।