२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु



अ+ अ-

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । स१०प ४२४७ नंको मोटरसाइकलले ठक्कर दिँदा तत्काल सनाखत हुन नसकेको अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पैदल हिँडिरहेका ती किशोरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)