२७ भाद्र २०८३, शनिबार
,
Latest
धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत भोटेकोशी बाढीः जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी देशका समस्या र जनताका एजेण्डाले अग्रगामी मोर्चा बन्योः जनार्दन शर्मा सरकारको गलत काम रोक्न नयाँ राजनीतिक मोर्चाः प्रभु साह अनलाइनबाटै अदालत शुल्क तिर्न सकिने लामो सैद्धान्तिक बहसभन्दा निर्णयउन्मुख बहस आवश्यकः प्रधानन्यायाधीश शर्मा नेपालले यूएईलाई ४४ रनले हराउँदै एसिया कपमा स्थान पक्का नारायणगढ–मुग्लिङ सडकको शान्ति बजार क्षेत्रमा दुई घण्टामा आधा घण्टा मात्रै यातायात खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्यविरही साउदले ल्याए ‘खप्तड चिनारि’ (भिडियो)



अ+ अ-

काठमाडौं । कोरोनाको कारण थला परेको संगित क्षेत्र विस्तारै अगाडि बढ्ने क्रम सुरुभएसंगै सुदुरका कलाकारहरु पनि सक्रिय भएर लागेका छन । 

सुदुरपश्चिमेली डेउडा गीत संगितको क्षेत्रमा सक्रिय लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउदको नयाँ गीत ‘खप्तड चिनारि (मेरा गाउँ जाल्लि मुई जसि होल्लि)’ सार्वजनिक भएको छन् । 

लोकप्रिय गायक तथा सर्जक साँउदले उक्त गिीत बसिवियाँलो म्युजिक प्रालि मार्फत गीत सार्वजनिक गरेका हुन् । गीतमा लय तथा संगित गायक सुर्यविरही साउद रहेको छ । लोकप्रिय गायिका गौरी भट्टले उक्त गितमा गायक सुर्यविरही साउदलाई साथ दिएकी छन् ।  

गीतमा सुदुरपश्चिमका धार्मिक कला संस्कृति पर्यटकीय स्थलहरु र बिशेष गरि खप्तड क्षेत्रमा सुटिङ गरिएको गीतको म्युजिक भिडियोमा गायक सुर्यविरही साउद र अनु खड्काको आर्कषक अभिनय देख्न सकिन्छ । 

भिडियो जनक सिंहले निर्देशन गरेका हुन, भने हरि महराले खिचेका हुन । भिडियो विवेक पाण्डेले सम्पादन गरेका हुन । 

गीतबारे प्रतिक्रिया दिंदै गायक तथा सर्जक साउदले गीतको सानो अंश टिकटकमा दर्शक श्रोताले निकै रुचाएको बताए । 

उनले भने, ‘दर्शक श्रोताको माया विगत देखिकै छ, अझैं सुदुरका सुन्दर ठाँउमा सुटिङ गरिएकोले झन दर्शक श्रोताको माया थपिने आशा छ ।’ उनले खप्तड क्षेत्र पर्यटन बिकास तथा ब्यवस्थापन समिति प्रति धन्यवाद ज्ञापन गरे ।