२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

स्विडेनका प्रधानमन्त्रीद्वारा पार्टी नेतृत्वबाट पनि बिदा लिने घोषणा

स्विडेनका प्रधानमन्त्रीद्वारा पार्टी नेतृत्वबाट पनि बिदा लिने घोषणा
अ अ+ अ-

एजेन्सी । विश्वासको मत गुमाउनु भएका स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पार्टी नेतृत्वबाट पनि अलगिने घोषणा गर्नुभएको छ । 

झण्डै दुई महिना देशको तल्लो सदनमा भएको मतदानमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँले प्रधानमन्त्रीको जिम्मेबारीबाट बिदा लिनुपरेको थियो । उहाँले अब पार्टी नेतृत्वबाट समेत बिदा लिने आइतबार घोषणा गर्नुभएको छ ।

सोसल डेमोक्र्याट पार्टीको अध्यक्षसमेत रहनुभएका स्टेफनले आगामी नोभेम्बरमा आफूले पार्टीको नेतृत्वदायी भूमिकाबाट अलग हुने घोषणा गर्नुभएको हो । 

आगामी एक वर्षपछि हुने आम निर्वाचनमा पार्टीलाई फेरि विजयी गराउनका लागि आफूले जिम्मेवारी त्याग्न लागेको उहाँको भनाइ छ । 

पार्टीकै एक कार्यक्रममा उहाँले नयाँ नेतृत्वलाई अवसर दिन र पार्टीलाई नयाँ तरिकाले सञ्चालन गर्ने वातावरण बनाउन सहयोग होस् भनेर आफूले पार्टी अध्यक्षबाट पनि राजीनामा दिन लागेको बताउनुभयो ।  

उहाँको यो निर्णयलाई परिपक्व, जिम्मेवार र नैतिकतापूर्ण भएको भन्दै स्थानीय सञ्चारमाध्यमहरुले महत्वका साथ सकारात्मक तरिकाले सम्प्रेषण गरेका छन् । 

उहाँले आफू झन्डै १० वर्षदेखि पार्टी अध्यक्ष र सात वर्ष प्रधानमन्त्री भइसकेकाले अब यो श्रृङ्खलालाई अन्त्य गर्नुपर्ने निष्कर्षमा आफू पुगेको पनि उल्लेख गर्नुभएको छ । 

“मैले पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा जे जति समय, अवसर र जिम्मेवारी पाएँ, त्यो आफैँमा अति अतुलनीय र महत्वपूर्ण थिए, यो सधैँ रहिरहँदैन, एक दिन अवश्य अन्त्य हुनेछ, त्यो अन्त्य गर्ने दिन अहिले आएको छ,” उहाँले भन्नुभयो ।  

आफूले अहिले नै जिम्मेवारी त्यागेर नयाँ नेतृत्वलाई जिम्मेवारी दिन पाएमा सबैका लागि हित हुने ठानेको पनि उहाँले बताउनुभएको छ ।

मजदुर सङ्गठनबाट पार्टी राजनीतिमा आउनु भएका स्टेफनले सन् २०१२ देखि पार्टीको नेतृत्व गर्नुभएको हो भने सन् २०१४ र २०१८ को आम निर्वाचन पनि उहाँकै नेतृत्वमा पार्टीले आफ्नो पोल्टामा पार्न सफल भएको थियो । 

उहाँले दुई महिना अगाडि संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पनि अर्को प्रधानमन्त्री चयन नभएकाले अहिले पनि काम चलाउ प्रधानमन्त्री कै जिम्मेवारीमा हुनुहुन्छ । 

मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो ।  

स्विडेनको संसद्मा अहिले ३४९ जना सांसद रहेका छन् । तीमध्ये १०९ जनाले मतदान गरेका थिएनन् भने ५१ जना अनुपस्थित भएका थिए । 

स्विडेनको संसद्ले लिएको यो निर्णयले विघटन हुने खतराबाट त संसद् जोगिएको छ । तर नयाँ सरकार दिन भने असक्षम भएको छ । संसद् विघटन भएको भए निर्धारित समयभन्दा एक वर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो । 

विपक्षीहरूले अविश्वासको प्रस्ताव पेस गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने उहाँ स्विडेनको पहिलो प्रधानमन्त्री हुनुभएको छ । 

अर्पाटमेन्टका सम्बन्धमा भएको विवादका कारण उहाँका यसअघिका केही समर्थक दलहरुले अहिले समर्थन फिर्ता लिएका हुन् ।